Bachelors Portal

प्राध्यापक सङ्घको महाधिवेशन शुरु भएन

प्रजातान्त्रिक र प्रगतिशील प्राध्यापकबीचको विवादका कारण नेपाल प्राध्यापक सङ्घको १६ औँ राष्ट्रिय महाधिवेशन पूर्वनिर्धारित समयमा उद्घाटन हुन सकेन । 

आज बिहान ११ बजे प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन गराउने आयोजक समितिको तयारी भए पनि आन्तरिक विवादका कारण प्रधानमन्त्री आउने कार्यक्रम रद्द भएको छ । दुई पक्षबीचको वार्ता नमिलेकाले अपराह्न ४ बजेसम्म पनि उद्घाटन हुन सकेन ।

आयोजक सङ्घका केन्द्रीय सदस्य भोलानाथ रेग्मीले सम्बन्धित पक्षसँग वार्ता चलिरहेकाले महाधिवेशन आजै शुरु हुने जानकारी दिनुभयो । सङ्घको वर्तमान नेतृत्व प्रजातान्त्रिक समूहले गरिरहेको छ । प्रगतिशील समूह सहभागी नभए एकपक्षीयरुपमा महाधिवेशन शुरु गर्ने विषयमा पनि प्रजातान्त्रिक समूहमा छलफल भएको छ । 

सात वर्षपछि बल्ल हुन लागेको सङ्घको महाधिवेशनमा प्रगतिशील प्राध्यापक सङ्घले प्रतिनिधि चयन पारदर्शी नभएको प्रश्न उठाएपछि शुरु हुन नसकेको हो । 

प्रगतिशील प्राध्यापक सङ्घका सचिवालय सदस्य वेदराज ज्ञवालीले प्रतिनिधि विवाद, आर्थिक घोटाला र पदीय विषयमा सहमति नभएसम्म आफूहरु महाधिवेशनमा नजाने बताउनुभयो । महाधिवेशनमा ३३२ प्रतिनिधि छन् ।

Thuprai - Books and E-books