After SEE Portal

शिक्षामा सबै नागरिकको सहज पहुँच सुनिश्चितताका लागि निरन्तर प्रयासः प्रधानमन्त्री

Bridge Course

५७औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा बधाई तथा शुभकामना दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले नेपाल सरकारले शिक्षामा सबै नागरिकको सहज पहुँच सुनिश्चितताका लागि निरन्तर प्रयास गरिरहेको बताएका छन् । शिक्षालाई व्यावहारिक रूप दिने र शिक्षा सामाजिक सांस्कृतिक तथा आर्थिक रूपान्तरणको मुख्य औजारका रूपमा रहेको बताउँदै सबैको सहज पहुँच सुनिश्चितताका लागि निरन्तर प्रयास गरिरहेको बताएका हुन् ।

नेपालले पनि दिगो र शान्तिपूर्ण समाज निर्माणका लागि साक्षरताको प्रबर्द्धन’ भन्ने आदर्श वाक्यका साथ ५७औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउन आग्रह गरेका छन् ।

उनले देश विकासको मेरुदण्डका रूपमा रहेको शिक्षालाई मौलिक हकका रूपमा संविधानले प्रत्याभूत गरेको, आधारभूत तह सम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तह सम्मको शिक्षा निःशुल्क हुने व्यवस्था गरिएको र दिगो विकास लक्ष्य नं. ४ले आजीवन सिकाइलाई अभिवृद्धि गर्ने उद्देश्य तय गरेको बताएका छन् ।

त्यसैगरी शिक्षाको गुणस्तर सुधार तथा साक्षरता प्रवर्द्धनमा सबै सरोकारवालाको दायित्व उत्तिकै रहेको र अन्तर्राष्ट्रिय स्तरमा गरेका शिक्षा सम्बन्धी प्रतिबद्धताहरूको कार्यान्वयन गर्न सशक्त र प्रभावकारी रूपमा निरन्तर लागि पर्नुपर्ने आवश्यकता रहेको बताए ।

उनले भनेका छन् साक्षर नेपाल अभियान अन्तर्गत देशभरिका जम्मा ६४ जिल्ला साक्षर घोषणा भए पनि बाँकी रहेका जिल्लालाई साक्षर तुल्याउन सम्बन्धित सबैमा आह्वान गर्दछु । साक्षर नेपालको हाम्रो लक्ष्य सफल बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गर्न चाहन्छु । साक्षरतासँगै सीप अभिवृद्धि गरी देशमै रोजगार तथा स्वरोजगारका अवसरहरू सिर्जना गरी शिक्षालाई कामसँग जोड्नुपर्ने विषयलाई मनन् गरी विभिन्न वैकल्पिक माध्यमद्वारा साक्षरता शिक्षालाई निरन्तर रूपमा अगाडि बढाउँदै सबैको पहुँच सुनिश्चित गर्न थप प्रयासको खाँचो छ ।

 

A Levels MA