After SEE Portal

भागवण्डाको इतिहासलाई निरन्तरता दिँदै त्रिवि

Bridge Course

त्रिभुवन विश्वविद्यालयका कुलपति सार्वजनिक रुपमा गर्जनका साथ प्रतिवद्धता गर्छन् । बारम्बार उक्त प्रतिवद्धता दोहोर्याइ रहन्छन् । तर उनको पछि रहेका निमित्त हुन वा अरु उपकुलपतिले पुरानै इतिहास दोहोर्याइ रहन्छन् । आफ्नो स्वार्थ समूहको हितहुने देखिएमा पटक पटक पुरानै इतिहास पुनरावृत्ति गरिरहन्छन् । दोस्रो पटक निमित्त उपकुलपतिको जिम्मेबारी पाएका त्रिविका उपकुलपति शिवलाल भूसालले पनि सोही इतिहासलाई जीवन दिएका छन् ।

उनले माघ २३ गते त्रिवि कार्यकारी परिषद्को बैठक बसाएर विभिन्न कलेज प्रमुख तथा विभाग प्रमुख र मानविकी तथा सामाजिक शास्त्र संकायमा सहायक डिन नियुक्त गरेका छन्।

उनले त्रिविका उपकुलपति छनोटका लागि छनोट समितिले सर्ट लिष्ट सार्वजनिक गरेसंगै निमित्त उपकुलपतिले दलको जिम्मेबारी पुरागरेका छन् । उनले नेकपा एमालेकातर्फबाट गंगाराम पौडेललाई इलाम क्याम्पस प्रमुख, कृष्ण न्यौपानेलाई नेपाली केन्द्रीय विभाग प्रमुख, दिनेश पाठकलाई भूगर्भ विभाग प्रमुखमा नियुक्त गरेका छन् ।

त्यसैगरी उनले नेपाली काङ्ग्रेसको कोटामा चेतराज भट्टलाई गणित केन्द्रीय विभाग प्रमुख,रामेश्वर आचार्यलाई पब्लिक युथ कलेज प्रमुख, कपिल काफ्लेलाई रामपुर कृषि क्याम्पस, चिरञ्जीवी आचार्यलाई मानविकी संकायका सहायक डिनमा नियुक्त गरेका छन् ।

त्यस्तै नेकपा माओवादीकातफृबाट नवराज पाण्डेलाई गोरखा क्याम्पस प्रमुख, मिलन सुवेदीलाई लम्जुङ क्याम्पस प्रमुख, र श्यामबहादुर कार्कीलाई नेपाल ल क्याम्पस प्रमुखमा नियुक्त गरेको त्रिविका प्रशासनमा कार्यरत एक कर्मचारीले बताए ।

माघ २४ गते नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले प्रतिनिधि सभाको हिउदे अधिवेशमा गरेको ३८मिनेटको सम्बोधनमा उच्च शिक्षाको सुधारका लागि कसैले औंला ठ्डयाउन नसक्ने गरी नेतृत्व चुन्नु पर्ने बताए । उनले अब चुक्न नहुने बताए पनि उनले रातारात आफ्ना कार्यकर्तालाई त्रिविका उच्च पदस्थ्य स्थानका नियुक्तिका लागि सिफारिस गर्न पछि नचुकेको विज्ञहरू बताउँछन् ।

त्यस्तै त्रिविका कुलपतिएवं प्रधानमन्त्री पुष्पकमल दाहालले गत पुस दुई गते भएको त्रिविको ४९ औं दीक्षान्त समारोहमा सम्बोधन गर्दै गर्जनका साथ भनेका थिए, ‘उनले एकातर्फ हामी विश्वविद्यालयमा राजनीतिक भागबण्डा हुनुहँदैन, विश्वविद्यालयहरू स्वायत्त प्राज्ञिक निकायहरू हुनुपर्दछ भनिरहेका छौँ, अर्कातर्फ हामी आफैँ राजनीतिक भागबण्डा र दाउपेचका निम्ति दौडिरहेका हुन्छौँ भन्दै शिक्षा व्यक्तिको जीवन, राष्ट्रको उन्नति र समग्र समाजको अग्रगतिका लागि हुनुपर्ने र सर्वसुलभरुपमा उच्च शिक्षा प्राप्त गर्ने अवसर सबैलाई प्राप्त हुनुपर्ने छ ।’ तर उनले पनि क्याम्पसको पदाधिकारी चयनमा उपकुलपतिको यो द्वयत चरित्रलाई स्वीकार गरिरहेका छन् वा पदाधिकारी नियुक्ति गर्न सिफारिस गरिरहेका छन् ।

कुलपति दाहालले माघ १० गते विज्ञसंगै छलफल गर्दै भनेका थिए, ‘देश बनाउन सबभन्दा ‘बेष्ट ब्रेन’ केन्द्रित हुनुपर्छ, विश्वविद्यालयलाई राजनीतिक भागबण्डाको थलो बनाउनु हुँदैन भनेर विगतको परम्परामा ‘ब्रेक थ्रु’ गर्न लागिएको छ, यसमा बौद्धिक समुदायको साथ र सहयोगको अपेक्षा गरिएको छ ।’ उनको बोलीको यो ओज थाक्न नपाउँदै उपकुलपति भागबण्डामा पदाधिकारी नियुक्त गरिरहेकाछन् ।

त्रिविमा अहिले शिक्षाध्यक्ष तथा रजिस्ट्रार निमित्तछन् । उपकुलपतिको यो कदमलाई कुलपति तथा सहकुलपति टुलुटुलु हेरिरहेका छन् । प्रधानमन्त्री कार्यालयले निमित्तको जिम्मेबारी दिएको उनको काम भनेको दैनिक कार्य सञ्चालनका लागि मात्र तोकिएको छ । निमित्त उपकुलपति भएर काम गरिरहेका भूसालले त्रिविको उपकुलपति बन्नका लागि आवेदन दिएका छन् । आवेदन मात्र होइन उनी पहिलो चरणको छनोटको १४ औं व्यक्ति भित्र पनि पर्न सफल भएका छन् ।

निमित्त हुँदा समेत विशुद्ध छवी बनाउन नसकेका उनले पुनः उपकुलपति बने त्रिविको कस्तो सुधार गर्लान् भन्ने प्रश्न उठेको विज्ञहरू बताउँछन् ।

A Levels MA