After SEE Portal

हेटौँडामा विद्यालय र स्वास्थ्यचौकी निर्माण शुरु

Bridge Course

हेटौँडा, १७ जेठ (रासस):  भूकम्पबाट क्षतिग्रस्त भएका मकवानपुर जिल्लामा रु एक अर्बभन्दा बढीको लागतमा छ सामुदायिक विद्यालय र दुई स्वास्थ्यचौकी निर्माण शुरु भएको छ । 

युएसआइडीको आर्थिक र प्राविधिक सहयोगमा मकवानपुरको दुर्गम तथा ग्रामीण क्षेत्रमा बेग्लाबेग्लै स्थानमा विद्यालय र स्वास्थ्यचौकी निर्माण हुन लागेको बिहीबार आयोजित समारोहमा बताइएको छ ।

मकवानपुर गढीको वडा नं ७ मा रहेको जनता माविको निर्माण हुने भवन शिलान्यास कार्यक्रममा युएसआइडीका उपनिर्देशक एड्रिएना हेड्सले जानकारी दिनुभयो ।

एड्रिएनाका अनुसार मकवानपुरमा महेन्द्र किरण मावि बसामाडी, भृकुटी मावि चुरियामाई, युग चेतन आधारभूत मावि, ज्ञान ज्योति मावि, वनदेवी मावि र जनता मावि तथा सुकौरा स्वास्थ्यचौकी र काँकडा स्वास्थ्यचौकी भवन निर्माण हुने बताइएको छ । ती भवन विसं २०७७ वैशाखसम्ममा पूरा हुनेछ ।

युएसआइडीको नेपाल सामुदायिक पुनःनिर्माण परियोजनाअन्तर्गत निर्माण शुरु भएको सो विद्यालय भवनको शिलान्यास हेटौँडा उपमहानगरका प्रमुख हरिबहादुर महतले गर्नुभएको थियो ।
स्वास्थ्य संस्थाको अनुगमन यहाँका स्वास्थ्य संस्थाको अवस्थाको निरीक्षण र अनुगमन गरिएको छ । 

पश्चिम मकवानपुरको मनहरी गाउँपालिकाको मनहरि बजारमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र र हाँडीखोलामा रहेको स्वास्थ्यचौकीको अनुगमन गरिएको हो । 

प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्यचौकीको सेवा, भवन, उपकरण, कर्मचारी, औषधि, बिरामीको चापलगायतको अवस्था, आइपरेको समस्या र समाधानको उपायका बारेमा छलफल र जानकारी गरिएको थियो ।

प्राथमिक स्वास्थ्य केन्द्रका अहेव शिवराम बानियाँ र हाँडीखोला स्वास्थ्यचौकीका ज्योतिराज लुइँटेलले स्वास्थ्य संस्थाको बारेमा जानकारी दिएका थिए । 

अमेरिकी दातृ निकाय युएसएडको आर्थिक सहयोगमा डेक नेपालद्वारा सञ्चालित पारस्परिक जवाफदेहिता परियोजनाअन्तर्गत अनुगमन गरिएको थियो । गैरसरकारी संस्था महासङ्घ मकवानपुरकी उपाध्यक्ष रमिला सापकोटाको नेतृत्वमा गएको टोलीले अनुगमन गरेको हो ।

A Levels MA
Thuprai - Books and E-books