After SEE Portal

ज्ञानज्योति माध्यमिक विद्यालयको भवन निर्माण

Bridge Course

कोहलपुर, १० असोज (रासस): बाँके क्षेत्र नं १ कोहलपुरस्थित ज्ञानज्योति माध्यमिक विद्यालयको भवन निर्माण गरिएको छ । स्थानीय पूर्वाधार तथा साझेदारी कार्यक्रमअन्तर्गत निर्माण गरिएको सो भवन सांसद महेश्वर गहतराजले उद्घाटन गर्नुभएको थियो । 

उक्त कार्यक्रमअन्तर्गतको ७० लाखको लागतमा चार कोठे पक्की भवन निर्माण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दशरथ पराजुलीले जानकारी दिनुभयो ।

आफ्नो निर्वाचन क्षेत्रको समग्र विकासका लागि शिक्षालाई पहिलो प्राथमिकतामा राखिएको र यस निर्वाचन क्षेत्रभित्र सम्पूर्ण विद्यालयको टिनको छाना हटाइने प्रतिबद्धता व्यक्त गर्दै सांसद गहतराजले अबको आवश्यकता प्राविधिक तथा व्यावहारिक शिक्षा भएकाले हरेक क्षेत्रमा एउटा प्राविधिक शिक्षालय स्थापना गरिनुपर्नेमा जोड दिनुभयो ।

A Levels MA