A Levels MA

स्टडी इन इन्डिया स्कलरसिप इन्फर्मेसन सेसन सञ्चालन

शैक्षिक सत्र २०२१–२२ को लागि भारतका उत्कृष्ट विश्वविद्यालय, कलेज र इष्टीच्यूटहरूमा उच्च शिक्षा हासिल गर्ने विद्यार्थीलाई वाइड रेन्ज कन्सल्टेन्सीले ‘स्टडी इन इन्डिया स्कलरसिप इन्फर्मेसन सेसन’ सञ्चालन गरेको छ ।

कन्सल्टेन्सीले भारतका उत्कृष्ट वश्वविद्यालय, कलेज र इष्टीच्यूटका पूर्वाधार, शिक्षाको गुणस्तर, अन्तर्राष्ट्रिय विद्यार्थीहरूको अनुभव र छात्रवृतिका बारेमा जानकारी प्रदान गर्ने उघेश्यले सो कार्यक्रम्को आयोजना गरेको हो ।

सो कार्यक्रममा सन् २००७ देखि मेरीटको आधारमा भारतीय दुतावासले प्रदान गर्ने कम्पेक्स स्कलरसिपको बारेमा जानकारी दिइँदै आएको छ ।

इच्छुक विद्यार्थीले आगामी अगस्ट चार तारिख सम्म आवेदन दिन सक्ने छन् । छात्रवृतिमा अन्डरग्याजुएट प्रोग्राम बीई इन्जिनियरिङ, फार्मेसी, एग्रिकल्चर, फुड टेक्नोलोजी, र बिएससी नर्सिङका लागि आवेदन माग गरेको छ । ।

कक्षा १२ पास गरेका र परीक्षा दिएका विद्यार्थीलाई लक्षित गरी छात्रावृत्तिका लागि आवेदन माग गरिएको दुतावासद्वारा प्रकासित सूचनामा उल्लेख गरिएको छ ।कक्षा १२ मा ६० प्रतिशत प्राप्ताङ्क ल्याएका विद्यार्थीहरूले यो छात्रवृत्तिकमा लागि आवेदन दिन सक्ने दुतावासले जनाएको छ ।

Thuprai - Books and E-books