After SEE Portal

प्रि–डिप्लोमा/डिप्लोमा तथा प्रमाणपत्र तहको प्रवेश परीक्षा सञ्चालन, छात्रवृत्ति वितरण सम्बन्धि निर्देशिका जारी (निर्देशिकासहित)

Bridge Course

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्ले ‘डिप्लोमा तथा प्रमाणपत्र तहको प्रवेश परीक्षा सञ्चालन, छात्रवृत्ति वितरण तथा भर्ना सम्बन्धी निर्देशिका,२०७९’ सार्वजनिक गरेको छ । परीक्षा समितिको असार ३१ गतेको निर्णय अनुसार निर्देशिका सार्वजनिक गरिएको हो ।

परिषद्को विनियमावली ,२०७१ को विनियम ५५ को अधिकार प्रयोग गरी परीक्षा समितिले ‘डिप्लोमा तथा प्रमाणपत्र तहको प्रवेश परीक्षा सञ्चालन, छात्रवृत्ति वितरण तथा भर्ना सम्बन्धी निर्देशिका,२०७९’ बनाएको हो ।

निर्देशिकाले परिषद् मातहतमा सञ्चालन हुने शैक्षिक कार्यक्रम र प्रवेश परीक्षामा सामेल हुनका लागि आवश्यक शैक्षिक योग्यता निर्धारण  गरेको छ ।

अक्षराङ्कन पद्धति लागू भएपछि डिप्लोमा तथा प्रमाणपत्र तहका कार्यक्रममा भर्ना हुनका लागि प्रवेश परीक्षाको हकमा मान्यता प्राप्त शिक्षण संस्थाबाट माभ्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षामा अनिवार्य गणित, अङ्ग्रेजी र विज्ञान विषयमा सी ग्रेड प्राप्त गरी ग्रड प्वाइन्ट एभरेज २.० प्राप्त गरेको हुनु पर्ने वा एसईई उत्तीर्ण भई परिषदबाट सञ्चालन हुने कार्यक्रमसंग संबन्धित तोकिएका प्राविधिक एसएलसी प्रि डिप्लोमा तहको कुल पूर्णङ्क ६८.३३ प्रतिशत अंक प्राप्त गरेको हुनुपर्ने  निर्देशिकामा उल्लेख गरिएको छ ।

डिप्लोमा तथा प्रमाणपत्र तहको प्रवेश परीक्षा सञ्चालन, छात्रवृत्ति वितरण तथा भर्ना सम्बन्धी निर्देशिका,२०७९

प्रि–डिप्लोमा तहको प्रवेश परीक्षा सञ्चालन, छात्रवृत्ति वितरण तथा भर्ना सम्वन्धी निर्देशिका, २०७९ पनि जारी गरिएको छ । परीक्षा समितिको मिति २०७९ असार ३१ को निर्णयानुसार यो निर्देशिका स्वीकृत गरिएको हो ।

अक्षराङ्कन पद्धति लागू हुनु पूर्वः मान्यता प्राप्त शिक्षण संस्थाबाट एसएलसी. वा सो सरहको परीक्षा उत्तीर्ण भएको, अक्षराङ्कन पद्धति लागू भए पश्चात र नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट लेटर ग्रेडिङ्ग पद्धति, २०७८ लागू हुनु पूर्वः एसईईका सम्पूर्ण विषयको परीक्षामा समावेस भई न्यूनतम ई ग्रेड प्राप्त भएको, अक्षराङ्कन पद्धति लागू भए पश्चात र नेपाल सरकार, शिक्षा मन्त्रालयबाट लेटर ग्रेडिङ्ग पद्धति, २०७८ लागू भए पश्चातः एसईईका सम्पूर्ण विषयको परीक्षामा समावेस भई ग्रेड सिट प्राप्त गरेका विद्यार्थीले यो तहमा  अध्ययनका लागि भर्ना हुन पाउने प्रावधानसहित तिर्देशिका जारी गरिएको छ ।

प्रि–डिप्लोमा तहको प्रवेश परीक्षा सञ्चालन, छात्रवृत्ति वितरण तथा भर्ना सम्वन्धी निर्देशिका, २०७९

A Levels MA
Thuprai - Books and E-books