After SEE Portal

कम्प्युटर, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स इन्जिनियरिङका विद्यार्थी पुल्चोक क्याम्पसमा

Bridge Course

 

देशैभरका कम्प्युटर, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स इन्जिनियरिङ विभागका विद्यार्थी पुल्चोक क्याम्पसमा भेला भएका छन् । लोकस, इन्जिनियरिङ अध्ययन संस्था, पुल्चोक क्याम्पसले आयोजना गरेको १७ औं राष्ट्रिय प्राविधिक प्रदर्शनीमा सहभागी हुने यो विभागका विद्यार्थी क्याम्पसमा भेला भएका हुन् ।

प्रदर्शनी आजदेखि तीन दिनसम्म सञ्चालन गरिने भएको छ । प्रदर्शनीमा इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स इन्जिनियरिङ विभागका कक्षा ११ देखि स्नातक तहसम्मका विद्यार्थीले तयार परेका, ड्रोन, रोबर्ट, सीएनसी राउटर, पानी प्रशोधन गर्ने प्रविधि, पर्यावरण संरक्षणका लागि सञ्चालन गरिने विभिन्न खालका उत्पादनहरु प्रदर्शनी गरिएको छ ।

प्रदर्शनीमा उपत्याकाबाहिरका विभिन्न कलेजका विद्यार्थीहरुको सहभागिता रहेको प्रेजेक्ट म्यानेजर प्रतिक लुइटेलले बताए । प्रर्दशनीमा २१ व्यावसायिक शैक्षिक संस्थाका इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स उत्पादन राखिएको छ । भने देशभरका विभिन्न ७९ समूहका विद्यार्थीले आफ्नो स्टल राखेका छन् । प्रर्दशनीमा सकेसम्म देशभरका विद्यार्थीलाई सहभागी गराइएको लोकसले जानकारी दियो ।

प्रदर्शनीमा रोर्बट, ड्रोन पतिस्पर्धा हुने भएको छ । रोर्बट प्रतियोगितामा १८ समूहले भागलिने भएकाछन् भने ड्रोन प्रतिस्पर्धामा ९ समूह सहभागी भएको लोकसले जानकारी दियो । लोकसका अनुसार हरेक प्रतिस्पर्धाका उत्कृष्ट समूहलाई रु १५ हजार नगद पुरस्कार प्रदान गरिने भएको छ । हार्डवेर, सफ्टवेयर प्रतियोगिता समेतगरिने भएको छ ।

आजबाट सुरु भएको प्रदर्शनीको उद्घाटन गर्दै युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार (विश्वकर्मा) ले समृद्ध राष्ट्र निर्माणका लागि युवा शक्तिको भूमिका उल्लेखनीय रहेको बताए । उनले कार्यक्रम सफलताको शुभकामना दिँदै विद्यार्थीको क्षमता अभिवृद्धिमा यो कार्यक्रमले ठुलो भूमिका खेल्ने धारणा व्यक्त गरे ।

सन् २००३ मा स्थापना भएको लोकसले हरेक वर्ष यस्ता प्राविधि प्रदर्शनी गर्दै आएको छ । प्रदर्शनीमार्फत् देशको आवश्यकता अनुसार हरेक साल विभिन्न कार्यक्रम मार्फत चेतना, ज्ञान तथा इच्छुकलाई अवसर प्रदान गर्दै आएको छ। प्रत्येक वर्ष लोकस ले विद्यार्थीहरूका बीच सीप विकास कार्यक्रमहरू, प्रतिस्पर्धी हार्डवेयर, सफ्टवेयर र विद्युतीय प्रतियोगिताहरूको साथ साथै गैर प्रतिस्पर्धी प्रदर्शनी, सेमिनारहरू, पेपर प्रस्तुतीकरण, खेल प्रतियोगिता, सिमुलेशन प्रतियोगिता गर्दै आएको छ।

लोकसले संयुक्त राष्ट्र संघको सहकार्यममा यो प्रदर्शनी गरेको हो । संयुक्त राष्ट्रको रणनीति निर्माणमा निर्देशनमा दिगो विकासका लक्ष्लाई अनुसारण गर्दै प्रर्दशनी आयोजना गरेको हो ।

A Levels MA
Thuprai - Books and E-books