A Levels MA

चितवनका सामुदायिक विद्यालयहरुमा स्वास्थ्य सामग्री वितरण

चितवन समाज जर्मनीको पहलमा Kaarster Nepal Initiatives को आर्थिक सहयोगमा नमस्ते प्यारो नेपालद्वारा चितवनका २५ विद्यालयहरुमा कोभिड-१९ विरुद्ध विद्यालयलाई भौतिक कक्षा संचालनका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री वितरण गरियो । स्वास्थ्य सामग्री अन्तर्गत ती विद्यालयहरुलाई ७५०० N/95 मास्क, ५०० फेससिल्ड, २०० लिटर सोडियम हाइड्रोक्लोराइड, २०० लिटर ह्यान्ड स्यनिटाइजर, थर्मल गन, स्यनिटाइजर स्ट्य़ाण्ड, साबुन लगायतका सामग्री वितरण गरिएको थियो ।

सामग्री वितरण कार्यक्रममा बोल्दै अब विस्तारै भौतिक रुपमा संचालनको तयारीमा रहेका विद्यालयहरुलाई सरकारले स्वास्थ्य सामग्री उपलव्ध गर्न केहि समय लाग्ने कुरालाई मध्यनजर गर्दै सिकाईको निरन्तरताका लागी सहज होस् भनेर आफुहरुले यी सामग्री वितरण गरेको नमस्ते प्यारो नेपालका सचिव सुरेन्द्र सुबेदीले बताउनुभयो । यो कार्यक्रमले सकेसम्म कमजोर आय भएका परिवारका विद्यार्थी पढ्ने स्कुललाई छनोट गरेको चितवन समाज जर्मनीका सल्लाहकार हुमनाथ ढकालले कार्यक्रममा बताउनुभयो ।

प्रभात मावि शुक्रनगरका प्रधानाध्यापक होमनाथ भण्डारीले सीमित श्रोत र साधनका बाबजुत विद्यालय परिवारलाई महामारीका विच पनि स्वास्थ्य सतर्कता अपनाई  सिकाइलाइ निरन्तरता दिन सहज बनाउने हुँदा यस किसिमको सहयोगको मुक्त कण्ठले प्रशंसा गर्नुपर्ने बताउनुभयो । सहयोग प्राप्त गरेका विद्यालयकातर्फबाट अन्नपुर्ण मावि पार्बतिपुरका स प्रधानाध्यापक पूर्णचन्द्र घिमिरेले यस किसिमको सहयोगको लागि यी संस्थाहरु प्रति धन्यवाद सहित हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रममा विद्यालयलाई सम्झिदिनु अनुरोध गर्नुभयो । उक्त कार्यक्रमबाट थुप्रै विद्यालयहरुलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ । 

Thuprai - Books and E-books