धनुषाका सामुदायिक विद्यालय बन्द

धनुषाका सामुदायिक विद्यालयमा आज शिक्षकले पठनपाठन बन्द गरेका छन् ।  गत साउनदेखि शिक्षक कर्मचरीले तलबभत्ता नपाएका कारण  शिक्षकहरूले विद्यालयको पनपाठन आज ठप्प पारेका हुन् ।

तलब माग गर्दै धर्नामा रहेका शिक्षकहरुप्रति समर्थन जनाउँदै  विभिन्न  शिक्षक संगठनले ऐक्यबद्धता जनाउँदै आज विद्यालय बन्द गरेको जनाएका छन् ।धनुषाको नगराइन नगरपालिकामा साउनदेखि तलब नपाएर धर्नामा रहेका शिक्षकहरुको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै आज जिल्लाको सबै सामुदायिक विद्यालयको पठनपाठन बन्द गराएको नेपाल शिक्षक संघ धनुषाका अध्यक्ष रामसिनेही यादवले  बताए । 

नगराइन नगरपालिकामा कार्यरत शिक्षकहरू तलब माग गर्दै गत  मंसिर १८ गतेबाट धर्नामा छन्।  शिक्षकको आन्दोलनप्रति समर्थन जनाउँदै एक दिन विद्यालय बन्द गराएको यादवले बताए। उनले भने‘ धनुषाको तीनवटा पालिकाले श्रावणदेखि शिक्षकहरुलाई तलबभत्ता दिएको छैन्। 

क्षिरेश्वरनाथ नगरपालिका र कमला नगरपालिकाले पुस १५ गतेसम्म तबल दिने सहमति गरेपछि दुईपालिका शिक्षक आन्दोलन स्थगित गरेका छन् ।तर नगराइन नगरपालिकाले धर्नामा रहेका शिक्षकहरुसँग अहिलेसम्म वर्ता गर्न आएको छैन। आज विद्यालय बन्द गराएर ध्यानाकर्षण गराएका छौंं। हाम्रो समस्या एकदुईदिनमा समाधन भएन भने थप कडाइका साथ आन्दोलन उत्रिनेछौं।’