After SEE Portal

​सामुदायिक विद्यालयका शिक्षकहरु बालबालिका खोज्दै गाउँगाउँ

Bridge Course

जीतपुर, ६ वैशाख ( रासस ) :  कपिलवस्तुका मायादेवी र शुद्धोधन गाउँपालिकाका सामुदायिक विद्यालयका शिक्षकहरु यति बेला विद्यालय नगएका बालबालिका खोज्दै गाउँगाउँ  पुगेका छन् । आफ्नो सेवा क्षेत्रभित्र विद्यालय उमेर समूहका बालबालिका विद्यालय बाहिर रहेको जनाउँदै विद्यालयमा भर्ना गराउनका लागि शिक्षकहरु अहिले योजना बनाई गाउँ गएका हुन् । मायादेवी – ३ मा रहेको मुनेश्वर माध्यमिक विद्यालय वहरवासीका प्रधानाध्यापक रामवेलास नागवन्सीले भन्नुभयो, “शिक्षकहरु मात्र होइन म पनि अहिले गाउँगाउँ गएर सामाजिक नक्शा तयार गरी पाँच वर्षदेखि १५ वर्ष उमेर समूहका बालबालिकाको पहिचान गर्ने काम गरेको छु ।” बालबालिका खोज्दै र अभिभावकलाई सचेतना जगाउँदै काम गरेको उहाँको भनाइ छ ।

 
वडा कार्यालयले यही वैशाख १५ गतेसम्म सबै विद्यालयलाई अभियान सञ्चालनका लागि घरदैलो, अभिभावक सचेतना तथा बाहिर रहेकाहरुको पहिचानका लागि योजना बनाएको छ । पूर्ण भर्ना अभियान घोषणा गरिए पनि यसको नियमित कार्यान्वयनका लागि यस्तो काम गरिहेको वडा नं ३ का वडाध्यक्ष सुकदेव तिवारीले बताउनुभयो । उहाँका अनुसार यसरी खोजिएका बालबालिकालाई वडा कार्यालयले शैक्षिक सामग्रीसमेत उपलब्ध गराउने छ । 

मायादेवी मात्र होइन यस्तो अभियान शुद्धोधन – १ पतरिया र नन्दनगरमा पनि सञ्चालन गरिएको छ । कपिलवस्तुका स्थानीय तहमा विद्यार्थी भर्ना अभियानले तीव्रता पाएको छ । ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पु¥याऔँ’ भन्ने नाराका साथ जिल्लाका १० वटै स्थानीय तहमा विद्यार्थी भर्ना अभियान शुरु भएको हो । 

A Levels MA