After SEE Portal

अनुमति नपाएका शिक्षण संस्थामा भर्ना नगर्न आयोगको अनुरोध

Bridge Course

अतिरिक्त शुल्क लगायत विभिन्न विषयमा विवाद र समास्या झेल्दै आएको नेपालको चिकित्सा शिक्षामा अनुनुमति नै नलिइ भर्ना लिएको पाइएको छ । विगत दशकैंदेखि नफुकेको समस्याको चाङमा रहेको चिकित्सा शिक्षामा सम्बन्धित निकायबाट अनुमति नै नलिइ विद्यार्थी भर्ना लिने गरेको पाइएको चिकित्सा शिक्षा आयोगले विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।

 ‘चिकित्सा शिक्षा आयोगबाट अनुमति नलिइ कही शिक्षण संस्थाले चिकित्सा शिक्षा शिक्षाका विभिन्न विधामा भर्ना आव्हान गरेको प्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ ।’ विज्ञप्तिमा भनिएको छ, ‘विद्यार्थी, अभिभावक, र सम्बन्धित सरोकारवालाहरूलाई आयोगबाट मान्यता नभएका संस्थामा भर्ना नगर्नु नगराउनु हुनअनुरो छ ।’

प्रचलित राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ र राष्ट्रिय चिकित्सा शिक्षा नियमावली २०७७ विपरीत हुनेगरी भर्ना नगर्नु नगराउनु हुन र त्यसरी गरेको पाइएमा प्रचलित कानुन बमोजिम सम्बन्धित निकायबाट कारबाही हुने विज्ञप्तिमा उल्लेख छ ।

 

A Levels MA
Thuprai - Books and E-books