After SEE Portal

सीटीईभीटीलाई चिकित्सा शिक्षा सम्बन्धी आफूखुसी गतिविधि अगाडि बढाए कारबाही गर्ने आयोगको चेतावनी (शिक्षालय, कार्यक्रम र सिटसहित)

Bridge Course

चिकित्सा शिक्षा आयोगले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले चिकित्सा शिक्षा तर्फको प्रमाणपत्र तहमा विद्यार्थी भर्ना तथा सिट निर्धारण गरेको प्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को जवरजस्ती रुपमा अपव्याख्या गर्ने, आयोगको निर्देशन पालना गर्ननपर्ने भनी आयोगमा पत्राचार गर्ने जस्ता सीटीईभीटीबाट भए गरिएका काम कारबाही प्रति आयोगले आपत्ति जनाएको हो ।

चिकित्सा शिक्षा आयोगको निर्णय विना नै सीटीईभीटीबाट चिकित्सा शिक्षा पठनपाठन गर्ने शिक्षण संस्थाहरूलाई सम्बन्धन दिने, विद्यार्थी भर्नाका लागि सिट संख्या निर्धारण गर्ने, प्रवेश परीक्षा सम्बन्धी सूचना प्रकाशन गर्ने जस्ता कार्य राष्ट्रिय चिकित्सा शिक्षा ऐन तथा नियमावलीको प्रतिकुल हुने गरी गैर कानूनी कार्य परिषद्ले गरेको आयोगको ठहर छ ।

राष्ट्रिय चिकित्सा शिक्षा ऐन, यस अन्तर्गतको नियमावली र आयोगले प्रत्यायोजित गरेको निर्णयभन्दा बाहिर गएर सम्बन्धन, सिट निर्धारण र प्रवेश परीक्षाका लागि सूचना जारी गरेको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

ऐन र नियमावलीको बारेमा आयोगले सीटीईभीटीलाई पत्र मार्फत पटक–पटक जानकारी गराउँदा गराउँदै सीटीईभीटीले आफ्नो गतिविधि नरोकेको विज्ञप्तिमा उल्लेख छ ।

चिकित्सा शिक्षालाई गुणस्तरीय र एकीकृत रुपमा चुस्त दुरुस्त बनाउने, नियमन, नियन्त्रण एवम् अनुगमन गर्ने संस्थाको रुपमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ बमोजिम चिकित्सा शिक्षा आयोगको स्थापना भएको आयोगले स्मरण गराउँदै ऐनको दफा २ को खण्ड (न) मा “सम्बन्धन” भन्नाले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) द्वारा प्रदान गरिएको औपचारिक प्राज्ञिक सम्बन्धनको परिभाषा गरेको उल्लेख गरेको छ ।

राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा ११ को उपदफा (१) तथा राष्ट्रिय चिकित्सा शिक्षा नियमावली, २०७७ को नियम ६ मा प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भएता पनि शिक्षण संस्था स्थापना गर्न चाहनेले त्यस्तो संस्था स्थापनाको लागि आयोगबाट आशयपत्र लिनु पर्ने कानूनी व्यवस्था रहेको आयोगले जारी गरेको सूचनामा उल्लेख गरेको छ ।

आशय पत्र प्राप्त गरेका चिकित्सा शिक्षा पठनपाठन गर्ने संस्थाले सम्बन्धनको सिफारिसको लागि आयोगमा निवेदन दिनु पर्ने विज्ञप्तिमा उल्लेख छ । आयोगले समिति गठन गर्ने र नियमावलीको नियम ८ मा समितिको सिफारिसमा आयोगले स्वीकृत गर्ने कानूनी व्यवस्था छ ।

विद्यार्थी भर्नाका लागि सिट संख्या आयोगले विगत वर्षमा निर्धारण गरेको

सीटीईभीटी अन्तर्गत चिकित्सा शिक्षा पठनपाठन गर्ने गरी आयोगले सम्बन्धन स्वीकृति दिएको र आयोगबाट स्वीकृत गरेका सम्बन्धन प्राप्त शिक्षण संस्थाहरूको सीटीईभीटीको सिफारिस एवं आयोगबाट खटिएका विज्ञहरूले दिएको प्रतिवेदनको आधारमा विगतका वर्षहरूमा आयोगले ऐनको दफा १७ को उपदफा (१) र नियमावलीको नियम १० बमोजिम विद्यार्थी भर्नाका लागि सिट संख्या निर्धारण गरेको आयोगका सदस्य सचिव कृष्णप्रसाद काप्रीले बताए ।

ऐनको दफा १५ को उपदफा (५) मा परिषद्ले सञ्चालन गरेको प्रमाणपत्र तहभन्दा मुनिका चिकित्सा शिक्षा सम्बन्धी कुनै पनि प्राविधिक कार्यहरू तोकिए बमोजिम हटाउने (फेज आउट) र तोकेको मापदण्ड बमोजिम स्तरोन्नति (अपग्रेड) गरिनेछ भन्ने उल्लेख छ ।

सीटीईभीटी अन्तर्गत प्रमाणपत्र तहका शिक्षा सम्बन्धी कार्यहरूको प्रवेश परीक्षा सम्बन्धी व्यवस्था आयोगको समन्वयमा परिषद्ले गर्नेछ भन्ने ऐनको दफा १६ को उपदफा (५) को खण्ड (ग) मा कानूनी व्यवस्था रहेको सचिव काप्रीले बताए ।

राष्ट्रिय चिकित्सा शिक्षा ऐन, यस अन्तर्गतको नियमावली र आयोगले प्रत्यायोजित गरेको निर्णय बमोजिम आयोगको कार्यकारी समितिले बनाएका कार्यविधिहरू चिकित्सा शिक्षा पठनपाठन गराउने विश्वविद्यालयहरू, प्रतिष्ठान र अन्य संस्थाको लागि लागू हुने विशेष कानून रहेको आयोगले जानकारी दियो ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ऐन, २०४५ बमोजिम स्थापित परिषद् अन्तर्गत पठनपाठन हुने शिक्षण संस्थाहरूको आशयपत्र, अपग्रेड, सम्बन्धन, विद्यार्थी सिट संख्या निर्धारण, प्रवेश परीक्षा, पठनपाठन जस्ता विषयहरूमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ ले आयोगलाई अधिकार क्षेत्र आयोगको समन्वयमा सीटीईभीटीले प्रवेश परीक्षा सञ्चालन गर्नुपर्ने व्यवस्था रहेको छ ।  आयोगले शैक्षिक सत्र २०८०–८१ को लागि सिट निर्धारण गरेका शिक्षण संस्थाहरूको नामावली, निर्धारित सिट संख्या सहितको विवरण आयोगले यस अघि नै सार्वजनिक गरेको छ ।

कारबाही गर्ने कार्यसमितिको निर्णय

आयोगबाट सम्वन्धन सिफारिस नभएका, आयोगवाट सिट संख्या निर्धारण नभएका शिक्षण संस्थाहरूमा चिकित्सा शिक्षाको पठनपाठनको लागि विद्यार्थी भर्ना गरे गराएमा वा विद्यार्थी भर्ना भएमा ती विद्यार्थीहरूको उपाधि नेपाल स्वास्थ्य व्यवसायी परिषद् लगायत सम्वन्धित विषयगत काउन्सिलमा दर्ता समेत नहुने आयोगले जारी गरेको विज्ञप्त्मिा उल्लेख छ ।

आयोगबाट अपग्रेड नगरिएका, सम्बन्धन प्राप्त नगरेका र मापदण्ड पुरा नगरेका शिक्षण संस्थाहरूले आयोगले विद्यार्थी सिट निर्धारण नगरेको अवस्थामा विद्यार्थी भर्ना गरे गराएमा ती संस्थाहरूलाई कानूनी कारवाही अगाडी बढाउन आयोग बाध्य हुने र अन्य प्रचलित कानून बमोजिम कारवाही गर्नको लागि सम्बन्धित निकायमा आयोगबाट सिफारिस गरिने आयोगको कार्यकारी समितिले साउन ७ गते निर्णय गरेको उल्लेख गरेको छ ।

सीटीईभीटीद्वारा साउन ५ गते सिट थप गरेको सूचना सार्वजनिक

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्बाट संचालन गरिने डिप्लोमा तथा प्रमाणपत्र तहको प्रवेश परीक्षा संचालनका लागि शिक्षालयहरुको नाम तथा विवरण परिषद्को स्तर निर्धारण महाशाखाको च.नं २२ साउन २ गतेको च.न ४२, मा साउन ५ गतेको र पोलिटेक्निक महाशाखाको च.नं १०, मिति साउन २ गतेको तथा टेक्स महाशाखाको च.नं ३८, को साउन ५ गतेको पत्रानुसार शिक्षालय÷कार्यक्रमहरु थप भएको सूचना सार्वजनिक गरेको थियो ।

सीटीईभीटीले असार २८,२९ र ३० गते प्रकाशित सूचनाका सम्पूर्ण सर्तहरु लागू हुने गरी शिक्षालय, कार्यक्रम र कोटाहरू थप गरिएको सूचना सार्वजनिक गरेको थियो ।  सीटीईभीटीले सातै प्रदेशका शिक्षालयमा शिक्षालय तथा सिट निर्धारण गरेको थियो ।

थप भएका कार्यक्रम र सिट हेर्न यहाँ क्लिक गर्नुहोस्ः

A Levels MA