नेपाल इन्जिनिरिङ परिषद् अहिले इन्जिनिरिङ शिक्षाको गुणस्तर अभिवृद्धि र इन्जिनियरिङ पेसा नियमन, व्यवसथापन र क्षमता अभिवृद्धिका लागि काम गरिरहेका छ । यसै क्रममा शिक्षाको गुणस्तर, अवस्था र विकासका बारेमा इडियुसञ्जालले परिषद्का अध्यक्ष प्राडा पदम बहादुर शाहीसंग गरेको कुराकानीको सारसंक्षेपः
नेपाल इन्जिनियरिङ परिषद् अहिले के गरिरहेको छ ?
नेपाल इन्जिनियरिङ परिषद् अहिले ऐन काुननले सार्वजनिक संस्थाको रुपमा दिएको अधिकार प्रयोग गर्दै गुणस्तर अभिवृद्धि सम्बन्धी र इन्जिनियरिङ पेसा नियमन, व्यवसथापन र क्षमता अभिवृद्धिका लागि काम गरिरहेका छौ ।
इन्जिनियरिङ शिक्षाको गुणस्तर कस्तो छ ?
इन्जिनियरिङ शिक्षाको गुणस्तर कस्तो दिने, कस्तो बनाउने भन्ने कुरा शिक्षण संस्था वा विश्वविद्यालयले दिइरहेका छन् । त्यसलाई ऐन अनुसार त्यसको गुणस्तर छ कि छैन ?देश सुहाउँदो, अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी छ कि छैन ? भन्ने कुराको अध्ययन गरेर मान्यता दिने, इन्जिनियरिङ उत्तीर्ण भएका व्यक्तिलाई उसको योग्यतालाई मूल्याङ्कन गर्ने गर्छौ. ।
शिक्षण संस्थालाई मान्यता दिँदा पहुँचको आधारमा दिने गरेको छ भन्ने गनासो सुनिन्छ नि ?
शिक्षण संस्थाले विश्वविद्यालयबाट सम्बन्धन पाएपछि परिषद्बाट मान्यता पाउँछन् । पहलिो पटक मान्यतादिँदा पूर्वाधार,जनशक्ति, पहिलो दुई वर्षका लागि चाहिने ल्यावटेरीहरुको अनुगमन गरेर मान्यता दिने गरिएको छ । मान्यता निरन्तरता दिँदा प्रत्येक वर्ष परिषद्ले अनुगमन गरेर मान्यता दिँदै आएको थियो । २०७९को अन्त्यतिर बाट आएको नियमावली आएको हुनाले हामी नयाँ ऐन अनुसार जाँदैछो. । मान्यता प्रदान गर्नका लागि बनाएका विनियमावलीअनुसार भौतिक पूर्वाधार, शिक्षणसिकाइ क्रियाकलाप लगायतका फरक मापदण्ड अनुसार मान्यता दिनेछौं । नयाा दिशामा हामी गएका छौं । अनुगमनका क्रममा मापदण्ड नपुगेका कलेजलाई खारेज गर्ने अधिकार ऐनले दिएको छ । हामी अब त्यो पनि गर्न सक्छौं ।
इन्जिनियरिङ शिक्षामा पनि परम्परागत सिकाइले प्रस्रय पाएको छ । प्रयोगातमक भन्दा सैदान्तिक पक्षलाई जोड दिइन्छ भन्ने सुनिन्छ नि ?
इन्जिनियरिङ शिक्षाको पाठ्यक्रम विश्वका राम्रा विज्ञबाट छानेर बनाएका छौं । प्रयोगात्मक दुई पक्षको हुन्छ । प्रयोगशालामा गरिने प्रयोगात्मक पक्ष हाम्रोमा अब्बल छ । दोस्रो कुरा अहिलेबाट हाम्रोमा पनिइन्टनसिपको व्यवस्था गरिएको छ । त्यसले गर्दा विद्यार्थी र अभिभावकले अबको शिक्षा विश्वबजारको भन्दा कम हुने छैन । परिषदले पनि प्रयोगात्मक शिक्षा कसरी दिएको भन्ने पक्ष हेरेर मात्र मान्यता दिन्छौं त्यसेले अबको प्रयोगात्मक पक्ष पनि अब्बल हुने छ ।
यो भन्दा अगाडि इन्टिनसिपको व्यवस्था थिएन ?
केही विषयमा मात्र थियो सबैमा थिएन । अब सबैमा इन्टिनसिप गर्ने गरी विश्वविद्यालयले कार्यक्रम तयार गरिरहेका छन् ।
परिषद्ले लिने नाम दर्ता परीक्षाको नतिजालाई कसरी हेनुभएको छ ?
विदेशमा पनि धेरे राम्रा र ठिकै खालका विश्वविद्यालय छन् । छिमेकी मुलुक इन्डियाको विश्वविद्यालयमा पढेका बढी फेल भएका छन् । यसको मतलव जति राम्रो भए पछि यहाँको पाठ्यक्रम र त्यहाँको पाठ्क्रम नमिलेको हुन सक्छ । अको नराम्रा विश्वविद्यालबाट आएका बढी फेल भएका छन् । पाँचौं पटकसम्म लिएको परीक्षामा हामी कहाँ पढेका विद्यार्थी उत्तीर्ण प्रतिशत धेरै छ ।
नेपालमा नै इन्जिनियरिङ शिक्षा किन पढ्ने ?
विश्वको शिक्षासंग नेपालको शिक्षा तुलना गर्दा नेपालबाट उच्च शिक्षा हासिल गरेका जनशक्तिले राम्रो रोजगारीका अवसर पाइरहेका छन् । हाम्रो शिक्षा राम्रा भएपनि एउटा कुरा के छ भने नेपालका विश्वविद्यालयको सर्टिफिकेट अन्तर्राट्रिय स्तरको रिक्नेसन गर्नका लागि एग्रिडिटेसन प्रक्रियामा गएको छैन । यसमा जानुपर्छ । त्यसपछि विश्वका जुनसुकै बजारमा गएपनि हाम्रो प्रमाणपत्र बिक्छन् । पहिला सटिफिकेट लेवलमात्र थियो त्यो भन्दा माथि पढ्न विदेश जानु पथ्र्यो । अहिले त्यस्तो छैन । आफ्नो परिवेशमा नै पढ्न पाइन्छ । अहिले विश्वविका जुनसुकै विश्वविद्यालयको पाठ्यक्रम यही बसेर पढ्न सकिन्छ । पढ्नका लागि रिसोर्स मेटरियल पहिला खोज्नु पथ्र्यो अहिले त्यस्तो छैन । सबैको पहुँचमा छ । हामीले दिने शिक्षा विश्वस्तरीय छ त्यसैले नै नेपालमा नै पढ्न म आफ्नोतर्फबाट अनुरोध गरें ।
कुन कलेजमा किन पढ्ने भनेर विद्यार्थीले कसरी छनोट गर्ने ?
कलेज खोज्न सजिलो छ । अहिले अनलाइनबाट सबै विश्वविद्यालयले आफ्ना कार्यक्रम राखेका छन् । अन्यत्र कलेजको र्याकिङ गरिएको हुन्छ । हाम्रोमा अहिले त्यो छैन । तर अहिले अभिभावक भन्दा विद्यार्थीले धेरै जानकारी हासिल गरेका हुन्छन् । त्यसेले विद्यार्थीले कलेजको पूर्वाधार तथा शिक्षक कस्ता छन् भनेर कलेज छनोट गर्नुपर्छ ।
विद्यार्थी अभाव छ भन्ने सुनिन्छ नि ?
हाम्रोमा इन्जिनियरिङ पढ्ने विद्यार्थी नै थोरै छन् । पढेपछिको व्यवस्थापनका लागि रोजगारी तथा अवसरको आवश्यकता छ । त्यो पर्याप्त मात्रामा छैनन् । सबैलाई अवसरको सुनिस्चितता भएमा नेपालका युवा मात्र होइन बाहिरका पनि आउँछन् । आधारभूत पूर्वाधारको विकास हुनुपर्छ एक दिन विद्यार्थी बढ्छन् भन्ने विश्वासमा छु ।
नेपालमा इन्जिनियरको व्यवस्थापन कस्तो छ ?
व्यवस्था तथा भैतिक पूर्वाधार विकास, उद्योग कलकारखानाको विकास भएको छैन । इन्जिनियर हुनका लागि कामको व्यवस्थापन छैन । पास हुने बितिकै कुनै विश्वविद्यालयका जनशक्तिले पनि १०० प्रतिशत काम गनृ सक्देनन् । त्यसका लागि सिनियरसंग केही समय काम गर्ने व्यवस्था गर्न परिषद् काम गरिरहेको छ ।
नेपालमा नै इन्जिनियरिङ शिक्षा गुणस्तरीय छ भनेर उच्च हासिल गर्न विदेशिने परम्परालाई रोक्न केही गर्नुपर्दैन ?
इन्जिनियरिङ शिक्षालाई अझै माथिल्लो स्तरमा पुर्याउन काम गरिरहेका छौं । अहिले सबै विदेश जाने क्रम बढेको छ । १२ कक्षा पास गरेका विद्यार्थीले घरमा नै बसेर राम्रो, चाहिने इन्जिनियरिङ शिक्षा पाउने व्यवस्था छ । यसको सुरवात परिवारबाटे सुर गर्नु पर्छ । कक्षा १२ पछि विदेशमा गएर पढ्छ भन्नेमा म विश्वास गर्दिन । त्यो विद्यार्थीले विदेशमा दोस्रो दर्जाको व्यक्ति भएर बस्नुपर्छ त्यसैले उसको व्यक्तित्व विकास गर्न सक्दैन ।
इन्जिनियरिङ शिक्षामा देखिएका चुनौतिहरु के कस्ता छन् ?
नेपालमा उद्योग धन्दा र आर्थिक विकास भएमा इन्जिनियरिङ शिक्षाको स्वतः विकास हुन्छ । क्षमता भएका व्यक्तिले शिक्षणमा अवसर पाउनु पर्यो । पहिलो कुरा परिवारबाट विदेशमा व्यक्तित्व विकास हुँदैन आफ्नो परिवारबाटै हुन्छ भन्ने बुझ्नु पर्यो । विदेशमा व्यक्तित्वको विकास हुन सक्दैन । त्यसले विदेशी युवालाई नेपालमा ने रोक्नु पर्छ । देश बनाउने नै इन्जिनियरले हो । इन्जिनियरिङ पढाइ नेपालको ठिक छ । प्लस टुपछि छोराछोरीलाई विदेश नपठाउन अभिभावकलाई मेरो अनुरोध हो ।