After SEE Portal

ट्रिटन, शुभश्री कलेज र एफवान सफ्टबीच सहकार्य

Bridge Course

ट्रिटन इन्टरनेसनल कलेज, शुभश्री कलेज र एफवन सफ्ट इन्टरनेसनलबिच विद्यार्थीको सिप विकास र रोजगार सम्बन्धी सम्झौता भएको छ ।

विद्यार्थीको व्यवहारिक ज्ञानलाई थप परिस्कृत गर्दै रोजगारउन्मुख शिक्षा प्रवर्धन गर्ने उद्देश्यले सो सम्झौता गरिएको दुवै कलेजका प्रबन्ध निर्देशक तरुणप्रताप शाहले बताए ।

सम्झौता पत्रमा प्रबन्ध निर्देशक शाह र एफवन सफ्टका अध्यक्ष विश्वास ढकालले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार एफवन सफ्ट र उसका सहायक कम्पनीहरूमा ट्रिटन र शुभश्री कलेजका विद्यार्थीले स्थलगत भ्रमण, अवलोकन कक्षा, इन्टर्नसिप लगायतका शैक्षिक क्रियाकलापको अवसर पाउने छन् ।

एफवन सफ्ट अन्तर्गतका ईसेवा, फोन–पे, ईसेवा मनी ट्रान्सफर, सिरान टेक्नोलोजी लगायत कम्पनीमा दुवै कलेजका विद्यार्थीले रोजगारीको अवसरसमेत पाउने सम्झौतामा उल्लेख छ ।

ट्रिटन र शुभश्री कलेजका कार्यक्रममा एफवन सफ्टको ब्राण्ड प्रवद्र्धन पनि गरिने भएको छ । काठमाडौंको सुविधानगर तीनकुने स्थित ट्रिटन इन्टरनेसनल कलेजमा कक्षा ११ र १२ का साथै स्नातक तहमा बीएसडब्ल्यू, बीसीए, बीबीएस र स्नातकोत्तर तहको एमबीएस अध्यापन हुँदै आएको छ ।

त्यसैगरी बीएचएम र बीबीए अध्यापन हुने नयाँ बानेश्वरस्थित शुभश्री कलेजले बीसीआईएस र एमबीए कक्षा पनि चाँडै सञ्चालन गर्ने भएका छन् ।

A Levels MA