After SEE Portal

कोड फर चेन्जले शुरु गर्यो भर्चुअल टेक कनक्लेभ

Bridge Course

कोड फर चेन्जले 'टेक कनक्लेभ 2020' शुरु गरेको छ। लकडाउनले प्रभावित बनेको विश्वको अवस्थालाई मध्यनजर गर्दै नेपालमा भने टेक्नोलोजीको क्षेत्रमा केहि सहुलियत पुगोस भन्ने उद्देश्यका साथ नेपालमै पहिलो पटक भर्चुअल टेक इभेन्ट शुरु गरेको हो।

कोड फर चेन्जले विगत केहि वर्ष देखि प्रविधिसंग जोडिएर आफ्नो अध्ययन अध्यापनलाई अगाडि बढाइरहेका विद्यार्थीहरुका लागि विभिन्न व्यक्तिगत तथा व्यावसायिक ज्ञान प्रदान गर्दै आइरहेको छ । यसै क्रममा लकडाउनले धरासाही भएको नेपालको शैक्षिक क्षेत्रलाई केहि टेवा पुगोस र प्रविधिमा मान्छेहरुको ध्यान केन्द्रित होस् भन्ने अपेक्षाका साथ भर्चुअल टेक इभेन्ट गर्न थालेको हो।

देश  कोभिड १९ बाट अस्तव्यस्त भई लकडाउनको अवस्थामा भौतिक उपस्थितिमा यस्ता कार्यक्रम गर्न सम्भव नभएपछि कोड फर चेन्जले नेपालमै पहिलोपटक यस भर्चुअल कार्यक्रम गर्न थालेको छ भने, निष्क्रिय भई बसिरहेका विद्यार्थीहरुलाई सक्रिय बनाउनु, विभिन्न व्यवसायका उपाएहरु लिनु दिनु,अनलाइन खेलहरु खेलाएर मानिसहरुलाई मानसिक रुपमा स्वच्छ राख्न मद्दत गर्नु र विभिन्न विद्यार्थीहरुले गरेका  परियोजनाहरुको बढुवा गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको कोड फर चेन्जका परियोजना प्रमुख निराजन क्षेत्रीले बताए । कार्यक्रममा  श्रावण ३० बाट शुरु३१  र ३२ दुइ दिन सञ्चालन गरिने भएको छ ।

उक्त कार्यक्रममा विभिन्न विशिस्ट व्यक्तिहरुको उपस्थिति तथा प्रस्तुति रहेको थियो भने विभिन्न २०० भन्दा बढी सहभागीहरु रहेका थिए, उक्त कार्यक्रममा लकडाउनमा विद्यार्थी र विश्वविद्यालयहरुको अवस्था, वैकल्पिक उपायहरु र प्रविधिको उच्चतम प्रयोगमा जोड दिनुपर्ने कुरा आएको थियो भने उद्यमशीलता कसरी र कहाँबाट  शुरु गर्ने जस्ता कुराहरु समेत सिकाइएको थियो ।  त्यति मात्रै नभएर स्थानीय र विकेन्द्रित शिक्षाको बारेमा पनि विश्लेषण गर्दै नेपालमा रोजगारका अवसरहरु र त्यसमा प्रविधिको सम्बन्ध समेत स्पस्ट पारिएको थियो। 

उक्त कार्यक्रम थप  दुई (२) दिन सम्म चल्ने र ती दुई दिनमा अझै उद्यमशीलता अगाडि बढ्न प्रोत्साहन गर्ने , शिक्षा प्रणालीको विश्लेषण तथा वैकल्पिक उपायहरुको खोजि गरिनेछ भने विद्यार्थीहरुले गरेका परियोजनाहरुको बढुवा गर्ने हेतुले विभिन्न परियोजनाहरु समेत प्रस्तुत गरिनेछ । 

A Levels MA
Thuprai - Books and E-books