After SEE Portal

लर्ड बुद्ध तथा जेनिशको सहकार्यमा क्लाउड कम्पुटिङ कक्षा सञ्चालन हुने

Bridge Course

लर्ड बुद्ध एजुकेसन फाउण्डेसन (एलबीईएफ) क्याम्पसले बेलायतको जेनेस क्लाउड एकेडेमीसगं साझेदारी कार्यक्रम अन्तरगत बीएससी आईटी (अनर्स) का साथै जेनेस क्लाउड एकेडेमीको सहकार्यमा क्लाउड कम्पुटिङ कक्षा सञ्चालन गर्ने भएको छ ।

एसिया प्यासिफिक यूनीभर्सिटी मलेसियाबाट सम्बन्धन प्राप्त तीन वर्से कार्यक्रम सञ्चालन गर्ने भएको एलबीईएफले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

नेपालमा सूचना प्रविधि र व्यवस्थापन संकायमा स्नातक स्तरको (बीएससी आईटी) मा क्लाउड कम्पुटिङ स्पेसिफिकेसन प्रदान गर्ने भएको हो । बीएससी आईटी र बीबीएम विषयमा अध्यापन गराउदैं आएको एलबीईएफले बीएससी आईटीमा नै क्लाउड कम्पुटिङका दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गर्ने भएको हो ।

तीन वर्से कोर्स पूरा गर्न विद्यार्थीलाई अनुमानित ९ लाख रुपियाँ लाग्ने छ । ६ सेमेस्टरको यो कक्षा पूरा गर्न विद्यार्थीले जीसीए र जीसीएका सहयात्री संस्थाहरमा इन्टर्नसीप गर्ने अवसर पाउने एलबीईएफका कार्यकारी निर्देशक प्रकाशकुमार केजरीवालले बताए ।

संस्थाले नयाँ किसिमको रोजगारीमुखी कार्यक्रमहरुको अवधारणालाई विशेष महत्वका साथ अवलम्बन गरेको छ । ‘उद्योग र औपचारिक शिक्षा बिचको दुरीलाई कमगर्ने विश्वाश लिएका छौं ।’ कलेजका अध्यक्ष पंकज जालानले भने, ‘यस कार्यकोलागि जेनेस क्लाउड एकेडेमी जस्तो सहयात्री पाउदाँ अत्यन्तै हर्षित छौं” ।

जेनेस क्लाउड एकेडेमी जेनेश सोलुसनको पहलमा क्लाउड कम्पुटिङमा विद्यार्थीहरुलाई तालीम र दक्षता प्रदान गर्ने शिक्षा क्षेत्रको कार्यक्रम हो । जेनेस क्लाउड एकेडेमीले सूचना प्रविधि र प्रबंधनका विद्यार्थीहरुलाई विभिन्न किसिमका उपकरण तथा स्रोत प्रदान गर्ने लक्ष्य राखेर अघि बढेको संस्था हो ।

क्लाउड कम्पुटिङ को क्षेत्रमा सैद्धान्तिक ज्ञान बढाउनुकोे साथै विद्यार्थीले वास्तविक जीवनमा सिकेका कुराहरु पनि कार्यान्वयन गर्न सक्ने अध्यक्ष जालानले बताए ।

कार्यक्रमको उद्देश्य विद्यार्थीहरुको कार्यस जगता निर्माण गर्ने हो । जसले उनीहरु क्लाउड कम्पुटिङ क्षेत्रमा सजिलै प्रवेश गर्न सक्षम हुने उनको विश्वास छ ।

कलेजले यस बीएससी आईटी (अनर्स) कार्यक्रममा विपन्न तथा जेहेन्दार विद्यार्थीहरुको लागि एक जना छात्रा सहित ३ जना विद्यार्थीहरुलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने योजना बनाएको छ । छात्रवृत्तिका लागि विद्यार्थी छनोट भने जेनेस क्लाउड एकेडेमीको नेतृत्वमा गठित छात्रवत्ति छनौट समितिले गर्ने अध्यक्ष जालानले जानकारी दिए ।

क्लाउड कम्पुटिङ को प्रयोग अहिले व्यवसायिक प्रतिष्ठानहरुमा बढ्दो छ । सन २०२१ सम्ममा विश्वव्यापी रुपमा यसको व्यापार ३०० बिलीयन डलरको हुने अनुमान गरिएको छ । उद्योग व्यवसायमा बढ्दो सूचना प्रविधीको प्रयोगले क्लाउड कम्पुटिङमा दक्ष जनशक्तिको ठुलो माग रहेको छ । यस क्षेत्रमा विश्वव्यापीरुपमा रोजगारीका नयाँ अवसरहरु सिर्जना भएका छन् । व्यवसायीहरुले सफ्टवेयर, इन्फ्रास्ट्रकचर र प्लेटफर्मलाई सेवाको रुपमा ग्रहण गर्दै जादा अग्रणी क्लाउड सेवा प्रदायकहरु बढी प्रतिस्पर्धी हुदै गइरहेका छन् । पछिल्ला तीन वर्षमा यस क्षेत्रमा २२३ प्रतिशतले रोजगार वृद्धि भएको उनले निर्देशक केजरीवालले जानकारी दिए ।

A Levels MA