After SEE Portal

विद्यालयको आन्तरिक मूल्याङ्कनलाई आधार मानेर कक्षोन्नति गर्न सकिने

Bridge Course

नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमण तीव्र बनेसँगै सरकारले विद्यालयहरु बन्द गर्ने निर्देशन दिइसकेको छ । कोरोना कै कारण गत वर्ष पनि लामो समय अन्योलका कारण करिब ८० लाख विद्याथी मनोसामाजिक समस्याबाट गुज्रिएका थिए । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले लामो समयपछि गत वर्ष पनि विकल्प निकालेर विद्यार्थीको कक्षोन्नति गरेको थियो ।

कोभिड १९ कै संक्रमणका कारण जेठ मसान्तमा सक्ने भनि निर्धारित गरिएको वार्षिक परीक्षा अन्योलमा हुन पुगेको छ । एकातिर कोभिड १९ को त्रास अर्कोतिर परीक्षा कहिले होला भनेर अन्योलमा रहेका विद्यार्थीलाई निकास दिन मन्त्रालयले विद्यालयले सञ्चालन गर्ने आन्तरिक मूल्याङ्कनलाई आधारमानि विद्यालय तहको वार्षिक परीक्षा सञ्चालन गर्ने तयारी थालेको छ ।

कक्षा ८, १० र १२ कक्षा वार्षिक परीक्षा बाहेक अन्य कक्षाको वार्षिक परीक्षा विद्यालयले नै गर्ने भएकाले आफ्नो आन्तरिक मूल्याङ्कलनलाई आधार मानेर कक्षोन्नति गर्न सकिने शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताए । विद्यार्थीलाई भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गराउन सम्भव नभएका कारण विद्यालयले आफ्नो अनुकूलतामा वार्षिक परीक्षा सञ्चालन गर्ने सक्ने उनले बताए ।

कक्षा ११ र १२ को परीक्षा अनिर्णित

मन्त्रालय स्रोतका अनुसार कक्षा ८ को परीक्षको सन्दर्भमा भने सम्बन्धित स्थानीय तहको सहकार्यमा विद्यालय आफैले निर्णय लिने र कक्षा १० र १२ को परीक्षा भने अन्योलमा रहेको छ ।

कक्षा १० र १२ को परीक्षा भने मन्त्रालयले अहिले नै निर्णय लिन सकेको छैन । कोरोना संक्रमणको स्थितिलाई हेरेर उचित समयमा सञ्चालन गर्ने मन्त्रालयले जानकारी दियो । मन्त्रालय अहिलेसम्म कक्षा १० र १२ को परीक्षा संक्रमणको अवस्था हेरेर पूर्वनिर्धारित समयमा नै सञ्चालन गर्ने गरी तयारी चलिरहेको जानकारी दियो ।

राष्ट्रिय परीक्षा बोर्डले जेठ १३ गतेदेखि एसईई परीक्षा र जेठ २६ गतेदेखि कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

कक्षा ११ का नमुना प्रश्न केही दिनमा वेबसाइटमा राखिने

राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले कक्षा ११ को परीक्षा विद्यालयले आफ्नो अनुकूलमा सञ्चालन गर्न सक्ने बताए । ‘विद्यालय आफैले अनुकूल समय मिलाएर परीक्षा लिन सक्नेछ, उनका अनुसार जेठ वा असारमै परीक्षा लिनुपर्छ भन्ने छैन ।’ उनले भने, ‘प्रश्नपत्र विद्यालय आफैले तयार गर्न सक्नेछन्, हामीले तयार गरिदिँदैनौँ, बरु विद्यालयलाई सजिलोका लागि नमूना प्रश्नपत्र तयार गरिरहेका छौँ । त्यो केही दिनमा वेबसाइटमा राख्नेछौँ । त्यसैका आधारमा विद्यालयले प्रश्नपत्र तयार गर्न सक्नेछन् ’ कक्षा ११ को यसपटकबाट नयाँ पाठ्यक्रम लागु भएकोले परीक्षामा सोधिने प्रश्नको तरिकाका बारेमा पनि शिक्षकहरुलाई सहजीकरण गराउने बोर्डले जानकारी दियो ।

तीन घण्टे परीक्षाको मान्यता

नेपालको शैक्षिक इतिहासमा नै तीन घण्टे कापी र पेन्सिलको परीक्षणबाट मूल्याङ्कनलाई मान्यता दिँँदै आएको छ । यसले निरन्तर मूल्याङ्कन, उदार कक्षोन्नति प्रणालीलाई भन्दा तीन घण्टाको परीक्षणलाई मान्यता दिइएको हुनाले विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनमा र निर्माणात्मक मूल्याङ्कनमा प्रश्न उठाउने तिलोत्तमा माविका प्रधानाध्यापक झविन्द्र ज्ञावली बताउँछन् ।

संक्रमणको अवस्था हेरेर विद्यालयले स्थानीय केन्द्रको निर्देशन र स्थानीय सरकारको समन्वयमा परीक्षा सञ्चालन गरिनु पर्ने अनावश्यक बखेडा झिकेर विद्यार्थीमा आतंक फैल्याउन नहुने बालकल्याण माविका प्रधानाध्यापक मधुसुधन पोखरेल बताउँछन् ।

विद्यालय तहमा बालबालिकाको स्तर निर्धारण गर्दै शिक्षण सिकाइ सञ्चालन गर्न कक्षा (Class/Grade) को व्यवस्था गरिएको हुन्छ । बालबालिकाको उमेर सँगसँगै उनीहरूको शारीरिक, मानसिक एवं संवेगात्मक विकास हुँदै जान्छ । उनीहरूले आफ्नो परिवेश–वातावरण बुझेर सोही अनुरूपको आचरण र सिर्जना गर्ने कार्यलाई सँगसँगै अघि बढाएका हुन्छन् । बढ्दो उमेरसँगै विभिन्न स्रोतबाट सूचना प्राप्त गर्ने र त्यसलाई विश्लेषण गरेर प्रतिक्रिया दिने क्षमता पनि विकास हुँदै जान्छ । यही क्रममा बालबालिकाको सिकाइलार्ई भाषा, गणित, सामाजिक अध्ययन, विज्ञान, स्वास्थ्य तथा शारीरिक शिक्षा आदिका माध्यमबाट अझ परिष्कृत र व्यवस्थित गर्ने हेतुले विद्यालय भर्ना गर्ने गरिन्छ ।


उदार कक्षोन्नति प्रणाली भनेको विद्यार्थीलाई स्वतः पास गराउने पद्धति होइन बरु यो त विद्यार्थीलाई प्रभावकारी सिकाइको अवसर प्रदान गर्दै जाने पद्धति हो । उदार कक्षोन्नति आफैंमा उत्कृष्ट पद्धति हो तर यस अवधारणाप्रतिको गलत बुझइ र गलत अभ्यासले गर्दा यो अवधारणामाथि प्रश्नचिह्न खडा भएको छ ।

विद्यालयमा शिक्षकले बालबालिकाको नियमित र आधारभूत सिकाइलाई निरन्तरता दिंदै समुदाय, राज्य र विश्व–परिवेशमा समायोजन हुन सक्ने गरी थप ज्ञान, सीप र धारणाको विकास गर्नुपर्ने हुन्छ । यसका निम्ति पाठ्यक्रमको व्यवस्था गरिएको हुन्छ । पाठ्यक्रमले कुन विषयवस्तु कुन कक्षामा सिकाउने र कति सिकाउने भन्ने कुराको मार्गदर्शन गर्दछ । सामान्यतया कुन विषयवस्तु कुन उमेरका बालबालिकालाई सिकाउन उपयुक्त हुन्छ भन्ने विचार गरेर कक्षागत सिकाइ उपलब्धि वा उद्देश्य तय गरिएको हुन्छ । कुनै विषयवस्तुलाई तल्लो कक्षादेखि माथिल्लो कक्षासम्म सिकाउनुपर्ने हुन्छ भने कुनै चाहिं खास उमेर समूहको कक्षामा मात्र सिकाउनुपर्ने हुन्छ । यसरी एउटै विद्यार्थीलाई एकै पटक सबै कुरा सिकाउन नसकिने हुनाले विद्यालयमा कक्षाको व्यवस्था गरिएको हुन्छ । सामान्यतया विद्यालयमा एउटा कक्षा एक वर्ष अवधिको हुन्छ । एक वर्षमा विद्यार्थीले आफू रहेको कक्षामा सिक्नुपर्ने न्यूनतम कुरा सिकेको निक्र्योल गरी माथिल्लो कक्षामा चढाउने गरिन्छ, जसलाई कक्षोन्नति (Upgrading) भनिन्छ ।

 

A Levels MA
Thuprai - Books and E-books