After SEE Portal

तुलसीपुरका १३ विद्यालयका कक्षा स्थगन

Bridge Course


लमही, १९ बैशाख ९रासस० ः दाङको तुलसीपुर उपमहानगरपालिकाले विद्यालय मर्ज गर्ने नीतिअनुसार १३ विद्यालयको कक्षा स्थगन गरेको छ । न्यून विद्यार्थी भएका तुलसीपुरका १३ वटा आधारतभूत विद्यालयको कक्षा स्थगन गरेको हो ।

माथिल्लो कक्षा स्थगन गरिएको भए पनि बाल विकास कक्षा भने चलिरहने तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले बताउनुभयो । उहाँका अनुसार ती विद्यालयमा विद्यार्थीको सङ्ख्या वृद्धि भएमा पुनः कक्षालाई निरन्तरता दिन सकिने बताउनुभयो । “अहिले कक्षा स्थगन गरिएका विद्यालयमा बालविकास कक्षा भने सञ्चालन हुन्छ”, उहाँले भन्नुभयो, “यदि विद्यार्थीको सङ्ख्या वृद्धि भए पुनः हामीले कक्षा अपग्रेड गर्दै जानेछौँ ।”

कक्षा स्थगन भएका विद्यालयका विद्यार्थीलाई नजिकैको विद्यालयमा पठाइने उहाँको भनाइ छ । कक्षा स्थगन गरिएका विद्यालयका विद्यार्थीले दुई किलोमिटर मात्रै हिँड्नुपर्ने अवस्था रहेको प्रमुख पाण्डेले बताउनुभयो । “नजिक–नजिक सामुदायिक विद्यालय छन्, त्यसले गर्दा विद्यार्थीलाई टाढा हिँड्नु पर्दैन”, उहाँले भन्नुभयो, “अहिले कक्षा स्थगन गरिएका विद्यार्थी दुई किलोमिटरभन्दा टाढा हिँड्नु पर्दैन ।”

उहाँले सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि उपमहानगरको शिक्षा ऐनमा टेकेर यो कार्यलाई अघि बढाएको तुलसीपुर उपमहानगरपालिकाका शिक्षा शाखा संयोजक देवराज विश्वकर्माले जानकारी दिनुभयो । उहाँले सामुदायिक विद्यालयअन्तर्गत आधारभूतमा ७०० भन्दा बढी र माविमा एक हजारभन्दा बढी विद्यार्थी भर्ना गर्ने लक्ष्य रहेको बताउनुभयो ।

उहाँका अनुसार स्थगन भएका प्राथमिक विद्यालयहरुमा घोरवण्डा, डाँडाखुट्टी, वनहरी, लामिदमार, फैदामे, मोतीपुर, पीरगाउँ, दलजितपुर, लुहाडवरा, भेलाही, कानकाटे, हेमन्तपुर र बर्लेनी छन् । पछिल्लो समय सामुदायिक विद्यालयप्रति विद्यार्थीको चासो घट्दै जानुका साथै शैक्षिक गुण्स्तर पनि खस्किँदै गएको गुनासोका आधारमा सामुदायिक विद्यालयलाई सुधार गर्न यो अभियान शुरु गरिएको उहाँले बताउनुभयो ।

“पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्यामा कमी आइरहेको छ भने सामुदायिक विद्यालयको गुण्स्तर खस्किँदै गएको गुनासो बढेको छ”, उहाँले भन्नुभयो, “यो समस्यालाई समाधानका लागि विद्यालय मर्जको अभियान अघि सारेका हौँ ।” उहाँले कक्षा स्थगन भएका विद्यालयमा कार्यरत शिक्षकलाई दरबन्दी मिलान गरेर आवश्यकताअनुसार सरुवा गर्ने समेत उहाँले बताउनुभयो ।


– दीपक बोहरा 

A Levels MA