After SEE Portal

सुझावलाई मध्यनजर गरी सरकारले निर्णय गर्नसाथ कक्षा १२ को मूल्यांकन हुने

Bridge Course

मनोसामाजिक रुपमा कक्षा ११ र १२ का विद्यार्थी कहिले हाम्रो परीक्षा सञ्चालन होला र माथिल्लो कक्षामा प्रवेशको अनुमति पाइएला भनेर तड्पिरहेको अवस्थामा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलसंग इडियु सञ्जालले गरेको कुराकानीको संश्लेषित अंशः

कोरोना पछि राष्ट्रिय परीक्षा बोर्डले के कस्ता कार्य गरिरहेको छ ?

कोरोना महामारीका कारण लामो समय अफिस आउन जान नै समस्या भयो । कर्मचारी अफिस आउन सकेनन् । आफैलाई पनि समस्या भयो । लामो समय लकडाउन र निशेषआज्ञाले गर्दा तनाव नै भयो । यो बिचमा माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रमाणीकरण गर्यौं । यसपछि कक्षा ११ को परीक्षा विद्यालयलाई नै विद्यालयलाई सञ्चालन गर्ने जिम्मा दिइयो । यसका लागि सरोकारवालासंग गहन छलफल गरी कार्यविधि तयार गरेका छौं । हामीले यसका लागि परीक्षा सञ्चालनको तरिका, मूल्यांकन विधि, नतिजा प्रकाशन तथा प्रमाणीकरण गर्ने व्यवस्था गरिएको छ । कक्षा ११ को मूल्यांकन १२ को रजिष्ट्रेसन फारम भर्नुभन्दा अगावै मूल्यांकन गर्नु आवश्यक छ ।

कक्षा ११ को परीक्षा विद्यालयले सञ्चालन गर्दा गुणस्तरमा प्रभाव पार्छ कि पार्दैन ?

परीक्षा मात्र गुणस्तर मापक होइन । मार्कसिटमा नम्बर देखिए गुणस्तर सुधार, नदेखिए बिग्रियो । तर, त्यो मार्कसिट कहिँ बिक्दैन । त्यसैले परीक्षाले गुणस्तर सुधार गर्दैन । गुणस्तर सुधार गर्ने जिम्मा शिक्षकको हो । शिक्षकले कक्षाकोठाबाटै गुणस्तर सुधार गर्नुपर्छ । पाठ्यक्रम छ । यसले विषय क्षेत्र, उद्देश्य, शिक्षण तथा मूल्यांकन विधि तयार गरेको छ । त्यसैले गुणस्तर सुधारको जिम्मेबार शिक्षक हो । शिक्षकले आफ्ना बालबालिकालाई सही मूल्यांकन गर्न सक्छन् । विद्यार्थीको वैयक्ति क्षमताको पहिचान शिक्षकले मात्र गर्न सक्छन् । गुणस्तरको मापक तीन घण्टेपरीक्षा मात्र होइन । विद्यार्थीको मूल्यांकन तथा प्रमाणीकरण गर्न आवश्यक छ । यसलाई बोझको रुपमा लिनु हुन्न ।

एसईईको जस्तै विवाद कक्षा ११को परीक्षामा पनि होलाकी ?

मन्त्री परिषद्को गलत निर्णयका कारण एसईईको नतिजामा गलत नतिजा आएको हो । निर्णयमा विद्यालयले मूल्यांकन गर्ने प्रमाणीकरण बोर्डले गर्ने भन्ने निर्णयकाकारण यस्तो विवाद देखिएको हो । विद्यालयलाई नै प्रमाणीकरण गर्ने जिम्मा दिइएको भए पनि यस्तो कृत्रिम नतिजा आउने थिएन । कक्षा ११ माबोर्डले कार्यविधिमा स्पष्ट व्यवस्था गरेको छ । त्यसैले एसईईमा जस्तो भद्रगोल होला भन्ने लाग्दैन ।

कक्षा १२ को परीक्षा कसरी सञ्चालन हुन्छ ?

हाम्रा संचार माध्यम तथा हामी परीक्षा परीक्षा भनेर त्यसैको पछि लाग्यौं । प्रमुख विषय भनेको विद्यार्थीको मूल्यांकन हो । हामी तीन घण्टे परीक्षाका माध्यमबाट मूल्यांक्न गर्दैं आएका थियौं । तर कोभिड १९ का कारण परम्परागत ढंगले मूल्यांकन गर्ने संभावना रहेन । अहिले पनि करिब ५० जिल्लामा निषेधआज्ञामा मुलुक गयो । पुरानै तरिकाबाट पठनपाठन र पुरानो परीक्षाको पर्खाइमा बसेका विद्यार्थीलाई प्रमाणीकरण गर्ने भन्ने विषयमा छलफल चलाएका छौं । यसका लागि विश्वसनीय तथा वैद्यता सहित प्रमाणीकरण गर्ने भन्ने विषयमा देशभरि छलफल चलायौं । आएका सुझावलाई समूह विभाजन गरी दुई दिन सम्म छलफल गरी तयार गरेको प्रतिवेदन शिक्षा मन्त्रालयमा पठाएका छौं । विद्यालय नखुलेको अवस्थामा हाम्रो मातहतको मन्त्रालयमा पेस गरेका छौं । हाम्रो पाठ्यक्रममा तय गरिएको मूल्यांकन प्रक्रिया नै बोल्ड छ । नयाँ प्रक्रिया अपनाउन पाठ्यक्रममा लचकता ल्याउनुपर्छ । मूल्यांकनको नयाँ प्रक्रिया पनि प्रतिवेदनमा समावेश गरेका छौं । यसलाई हेरेर नेपाल सरकारको निर्देशन अनुसार हामी अघि बढेका छौं । हामीले कक्षा १२ का विद्यार्थी अहिले कहाँ छन् उनीहरुको तथ्यांक संकलन गर्न विद्यालयलाई जिम्मा दिएका छौं ।

मूल्यांकन कसरी गर्ने सुझाव दिनु भएको छ ?

कोभिडकै बिचमा मूल्यांकन गर्न अनुमति मागेका छौं । कोभिडकै विचमा हामी कार्य सम्पादन गर्ने आँटका साथ सुझाव पेस गरेका हौं । नेपाल सरकारले निर्णय गर्ने बितिकै हामी प्रक्रियामा जान्छौं ।

कक्षा १२ को मूल्यांकन कहिले हुन्छ ?

हामीले नेपाल सरकारसंग अनुमति मागेका छौं । यो विषम परिस्थितिमा हामस्ी आफैं अगाडि बड्न सक्दैनौं । सरकारले जहिले निर्णय गर्छ त्यहीले मूल्यांकन गरेर विद्यार्थीलाई प्रमाणपत्र वितरण गर्छौं । हामी तयारीमा छौं । गत वर्षको जस्तो परीक्षाको सुझाव हामीले सरकारलाई दिएको छौनौं । जोखिम कम हुने गरी परीक्षा सञ्चालन गर्ने, जोखिमका बाबजुद सावधानी अपनाउँदै कार्य सम्पादन हुने गरी स्वास्थ्य प्राटोकल अपनाएर परीक्षा सञ्चालन गर्छौं । यसका लागि शिक्षक, अभिभावक र विद्यार्थीले पनि स्वास्थ्य सावधानी अपानाएर मूल्यांकन गर्छौं ।

A Levels MA