After SEE Portal

कक्षा १२ को परीक्षा तयारी पुरा, करिब १८ हजारले फरक जिल्लाबाट परीक्षा दिँदै

Bridge Course

लामो समयदेखि स्थगित कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी सकिएको छ । राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ८ गतेदेखि सञ्चालन हुनेगरी तय गरेको साधारण (संगीत, ललितकला र संस्कृत विषय समूह समेत) तथा प्राविधिक विषय समूह तर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीहरूको वार्षिक परीक्षाको अन्तिम तयारी सकिएको हो ।

कोभिड–१९ को विश्वव्यापी महामारीको कारण स्थगित गरिएको परीक्षा सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड र सामाजिक दुरीको पालना गरी भोलि बिहान ८ः०० बजेदेखि ९ः३० बजेसम्म सञ्चालनका लागि आवश्यक तयारी सकिएको बोर्डले जानकारी दियो ।

इन्टरनेटको असुविधा भएका सबै हिमाली जिल्लाका परीक्षा केन्द्र र केही पहाडी परीक्षा केन्द्रमा प्रश्नपत्र पुगिसकेको बोर्डले जानकारी दियो । बोर्डका अनुसार इन्टरनेटको पहुँच भएका परीक्षा केन्द्रमा भोलि बिहानै इमेलमार्फत प्रश्नपत्र पठाइने भएको छ । बिहान विद्यालयले आफ्नो सुविधाअनुसार प्रिन्ट गरेर, सेतोपाटी वा कालोपाटीमा सारेर विद्यार्थीलाई प्रश्न उपलब्ध गराउनेछन् ।

‘तराईँ र काठमाडौँ उपत्यकाका कुनै पनि स्थानमा प्रश्नपत्र छपाइ गरी पठाइएको छैन ।’ परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले भने, ‘जहाँ इन्टरनेटको असुविधा हुनसक्दछ त्यस्ता स्थानमा प्रश्नपत्र पठाइएको छ । पहाडी केही जिल्ला, तराईँ र काठमाडौँ उपत्यकाभित्रका विद्यालयहरुले हामीले पठाएका प्रश्नपत्र तुरुन्त प्रिन्ट गरेर विद्यार्थीलाई उपलब्ध गराउनेछन् ।’

बोडका अनुसार भोलि देखि सञ्चालन हुने परीक्षामा दुई लाख आठ हजार २७६ छात्र र दुई लाख छ हजार ९७५ छात्रा गरी कूल चार लाख १५ हजार २५२ परीक्षार्थी सहभागी हुनेछन् ।

सबैभन्दा बढी परीक्षार्थी काठमाडौंबाट ६१ हजार ९२६ तथा सबैभन्दा कम मनाङका ८८ जना परीक्षार्थी सहभागी हुने बोर्डले जानकारी दियो

बोर्डका अनुसार फरक जिल्लाबाट परीक्षा दिनका लागि १७ हजार ९०८ जना विद्यार्थीले फरक जिल्लाबाट परीक्षा दिनका लागि आवेदन दिएका छन् ।

कोरोनाको असरका कारण घरैमा बसेका बालबालिकाले आफ्नो पायक पर्ने विद्यालयबाट परीक्षा दिनका लागि आवेदन दिएका हुन् ।

माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा ९कक्षा १२० को विद्यार्थी मूल्याङ्कन, परीक्षा संचालन,व्यवस्थापन, अभिलेखीकरण तथा प्रमाणीकरण सम्बन्धी कार्यविधि २०७७ अनुसार बोर्डले कक्षा १२ को परीक्षा सञ्चालन गर्दै  छ ।  

कार्यविधिको परिच्छे दुई अनुसार  यो वर्ष  परीक्षामा सहभागी हुने विद्यार्थीको मूल्याङ्कन यसअघि सञ्चालन गरेको कक्षा ११ को परीक्षामा प्राप्त गरेको अङ्क, विद्यालयद्वारा कक्षा १२ मा गरिएको आन्तरिक मूल्याङ्कनको अङ्क, बोर्डद्वारा विद्यालय मार्फत लिइने कक्षा १२ को परीक्षामा प्राप्त अङ्क तथा प्रयोगात्मक परीक्षा हुने विषयको हकमा सो समेत समावेश गरी  मूल्याङ्कन गर्ने भएको छ । 

२०७६ साल वाकक्षा ११ को वार्षिक÷ग्रेड वृद्धि परीक्षामा सैद्धान्तिकतर्फ प्राप्त गरेको विषयगत प्राप्ताङ्लाई सत प्रतिशत मानी सोको ४० प्रतिशत अङ्कभार कक्षा १२ को मूल्याङ्कनमा समावेशगर्ने छ भने  कक्षा १२ मा मात्र अध्ययन गर्नुपर्ने विषयहरूको हकमा सम्बन्धित विद्यार्थीले कक्षा ११ को सम्पूर्ण विषयमा प्राप्त गरेको कूल औसत अङ्कको आधारमा उक्त विषयको अङ्कभार कायम गरिन व्यवस्था कार्यविधिको परिच्छेद दुईको  (क) मा व्यवस्था गरिएको छ । 

परीक्षार्थीहरूले कक्षा १२ मा अध्ययनका क्रममा विद्यालयबाट गरिएको आन्तरिक मूल्याङ्कनको अङ्कभार सैद्धान्तिकतर्फको कूल पूर्णाङ्कलाई सत प्रतिशत मानी सोको २०प्रतिशत हुने र  आन्तरिक मूल्याङ्कन गर्न परिच्छेद ४ को दफा ५ बमोजिम गठित समितिले निर्माणात्मक मूल्याङ्कन गरी विद्यार्थीको गृहकार्य, कक्षाकार्य, परियोजना कार्य, सामुदायिक कार्य, अतिरिक्त क्रियाकलाप, सामुहिक कार्य, इकाई परीक्षा, त्रैमासिक परीक्षा जस्ता मूल्याङ्कनका साधनहरूको प्रयोग  गरी परीक्षार्थीको मूल्याङ्कन गरिने छ । 

फरक जिल्लाका विद्यालयहरुबाट परीक्षा दिनका लागि निवेदन दिने विद्यार्थीहरुको विवरणः 

A Levels MA
Thuprai - Books and E-books