कक्षा ११ को परीक्षा निर्धारित समयमा नै सञ्चालन गर्नुपर्ने

घरमा प्रश्नपत्र लगेर बुझाइएका उत्तरपुस्तिकालाई मन्यता नदिइने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय, प्रदेश नं. १ विराटनगरले कक्षा ११ को अनलाइन परीक्षाका नाममा घरैैमा लगेर लेखिएको उत्तरपुस्तिकालाई मान्यता नदिने भएको हो ।

सो कार्यालयले एक सूचना जारी गरी अनलाइन परीक्षाको नाउँमा प्रश्नपत्र घरमा लगेर समाधान गरी बुझाउने गरिएको पाइएको हुँदा अनलाइन परीक्षा तोकिएको समायवधि भित्र प्रश्नपत्र उपलब्ध गराई तोकिएको समायावधि (३ घण्टा भित्र) उत्तरपुस्तिका बुझाइएको ९लाई मात्र मान्यता दिइने उल्लेख गरेको छ ।  विद्यालयले यो सूच्नालाई वेवास्ता गरी अन्यथा भएमा पुनः परीक्षा लिनुपर्ने निर्देशन दिएको छ ।

Thuprai - Books and E-books