After SEE Portal

एप्रेन्टिसिप तालीमको लागि शिक्षालय छनोट

Bridge Course

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) ले ३२० जनाका लागि औद्योगिक प्रशिक्षार्थी तालीम संचालन गर्न शिक्षण संस्थाहरू छनोट गरेको छ ।

सीटीईभीटीको चालु आव २०७१–८० को कार्यक्रम तथा बजेटमा व्यवस्था भएको कार्यक्रम अनुसार स्थानीय उद्योग, व्यवसायीको समन्वय र सहकार्यमा २४ महिने औद्योगिक प्रशिक्षार्थी तालीम (एप्रेन्टिसिप) कार्यक्रम सञ्चालन गर्ने गरी छनोट गरिएको हो ।

छनोटमा परेका मध्ये दशओटा शिक्षालयले प्रिडिप्लोमा तहका छ ओटा कार्यक्रम सञ्चालन गर्ने अनुमति दिइएको सीटीईभीटीले जानकारी दियो ।

सीटीईभीटीका अनुसार छनोटमा परेका शिक्षण संस्थाले प्रिडिप्लोमा तहका आईटीमा ४० जना, सिभिलमा ६० जना, इलेक्ट्रिकलमा १०० जना, अटोमोवाइलमा ४० जना, इसिडिएफमा २० जना र होटल मेनेजमेन्टमा ६० जना गरी जम्मा ३२० जनालाई निःशुल्क तालीम प्रदान गर्नु पर्ने छ ।

छनोटमा परेका शिक्षालयहरु मध्ये परिषदका आङ्गिक शिक्षालय ५, सामुदायिक विद्यालय (टेक्स) ३ र साझेदारी संस्था २ ओटा रहेका छन् ।

छनोटमा परेका शिक्षालयहरूमा प्रदेश नं १ बाट जनप्रिय माध्यमिक विद्यालय, बुढीगंगा, मोरजलाई इन्फर्मेसन टेक्नोलोजीमा ४० सिट सहित सञ्चालन गर्न अनुमति दिइएको छ ।

त्यस्तै, दमक बहुप्राविधिक शिक्षालय, दमक, झापाले सिभिल इन्जिनियरिनमा २०, मधेश प्रदेश अन्तर्गत प्रसौनी पोलिटेक्निक ईन्ष्टिच्यूट, प्रसौनी, बाराले इलेक्ट्रिकल इन्जिनियरितमा ४०, निर्मल लामा बहुप्राविधिक शिक्षालय, बर्दिवास, महोत्तरीले होटल मेनेजमेन्टमा २०, गण्डकी प्रदेशबाट शिव माध्यमिक विद्यालय, बुलिटार, नवलपरासीले सिभिल इन्जिनियरितमा ४०सिट सहित सञ्चालन गर्न अनुमति दिइएको छ ।

लुम्बिनी प्रदेश अन्तर्गत भेरी प्राविधिक शिक्षालय, नेपालगंज, बाँकेले अलि चाइल्डहुड डेभलपमेन्ट फेसिलिटेसन (इसिडिएफ) मा २०, माध्यमिक विद्यालय तुलसीपुर सेन्टर, तुलसीपुर, दाङले इलेक्ट्रिकल इन्जिनियरिजमा २० र तुलसीपुर बहुप्राविधिक शिक्षालय, तुलसीपुर, हरिपोरी, दाङले इलेक्ट्रिकल इन्जिनियरिजमा ४० र सुदूरपश्चिम प्रदेशबाट शुक्लाफाँटा बहुप्राविधिक शिक्षालय, झलारी, कञ्चनपुरले अटोमोवाइल इन्जिनियरिङमा ४० र धनगढी पोलिटेक्निक इन्ष्टिच्यूट, धनगढी, कैलालीले होटल मेनेजमेन्टमा ४० कोटा प्राप्त गरेको सीटीईभीटीको बुलेटिनमा उल्लेख गरिएको छ ।

थप ७७ सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा

 परिषद्ले थप ७७ सामुदायिक विद्यालयहरुमा प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्न सम्बन्धनरस्वीकृति प्रदान गरेको छ । स्वास्थ्य शिक्षा बाहेकका कृषि, ईन्जिनियरिङ्ग र पर्यटनसँग सम्बन्धित कार्यक्रमहरू सञ्चालन गर्ने गरी नयाँ सम्बन्धन दिइएको हो ।

नयाँ कार्यक्रममा कृषि तर्फ बाली विज्ञान, पशु विज्ञान र फुड एण्ड डेरी टेक्नोलोजी छन् भने इन्जिनियरिङ्गमा सिभिल, कम्प्युटर, जियोमेट्रिक्स, हाइड्रोपावर, ईन्फरमेसन टेक्नोलोजी र पर्यटन तर्फ होटल मेनेजमेन्ट रहेको प्राविधिक शिक्षा महाशाखाले जानकारी दियो ।

प्राविधिक शिक्षा सञ्चालन गर्न नयाँ सम्बन्धनरस्वीकृति पाएका सामुदायिक विद्यालयहरूमा प्रदेश नं। १ मा ६, मधेश प्रदेशमा ४०, बागमती प्रदेशमा १२, गण्डकी प्रदेशमा ३, लुम्बिनी प्रदेशमा ६, कर्णाली प्रदेशमा ६ र सुदूरपश्चिम प्रदेशमा ४ गरी जम्मा ७७ वटा रहेको सामुदायिक विद्यालयमा सञ्चालनका लागि सम्बन्धन दिइएको

A Levels MA
Thuprai - Books and E-books