After SEE Portal

विद्यार्थी पढाउन हेलचक्रयाइँ नगरौँ: मुख्यमन्त्री त्रिलोचन भट्ट

Bridge Course

डोटी, १२ भदौ (रासस): सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विद्यार्थी पढाउनमा कुनै कन्जुस्याइँ नगर्न आग्रह गर्नुभएको छ । 

डोटीको पुरानो क्षेत्रीय सदरमुकाम दिपायल राजपुरमा रहेको शहीद स्मृति आवासी विद्यालय राजपुरको आज अनुगमन गर्नुहुँदै मुख्यमन्त्री भट्टले विद्यार्थी पढाउनमा कुनै हेलचक्रयाइँ नगर्न शिक्षकहरुलाई निर्देशनसमेत दिनुभएको छ । 

निरीक्षणकै क्रममा मुख्यमन्त्री भट्टले पढाइमा लापरवाही गर्ने शिक्षकलाई तत्काल कारवाही गर्ने बताउनुभयो ।

दश वर्षे जनयुद्धका बेला शहीद भएकाहरुका छोराछोरी र विपन्न सामुदायका छोराछोरीहरु अध्ययन गर्ने उक्त विद्यालयको स्तरोन्नतिका लागि आफूले सक्दो सहयोग गर्ने मुख्यमन्त्री भट्टले आश्वासन दिनुभएको मुख्यमन्त्रीका स्वकीय सचिव प्रेमबहादुर कुँवरले जानकारी दिनुभयो ।

A Levels MA
Thuprai - Books and E-books