Bachelors Portal

कुलपति–सहकुलपतिको विश्वविद्यालय सुधारको नारा, विवादग्रस्त विश्वविद्यालय

Managed Admission 2022

नेपालका अधिकांश विश्वविद्यालय सत्ता गठबन्धन समूहका विद्यार्थीको कारण तालाबन्दी र घेराबन्दीमा छन् । विश्वविद्यालयका सहकुलपति तथा कुलपति भने आफ्नो राजनैतिक अभिष्ट पुरा गर्न शिक्षा सुधारका चर्का भाषण दिएर सरोकारवालालाई झुक्याइरहेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षामन्त्रीसहितका उच्च पदस्त अधिकारी तत्काल नतिजा देखिनेखालका काम गर्न निर्देशन दिए । तर त्यसको केही दिनमा उनकै समूहका विद्यार्थीले दुईओटा विश्वविद्यालयको केन्द्रीय कार्यालयमा ताला लगाइदिए ।

राष्ट्रिय परीक्षा बोर्ड, पाठ्यक्रम विकास केन्द्र, सीटीईभीटी, विश्वविद्यालयहरू तथा विश्वविद्यालय अनुदान आयोगलाई समेत सक्रिय बनाइएको  प्रचरप्रसार भइरहेको छ तर करिब एक महिना अगाडिदेखि विश्वविद्यालयमा देखिएको विवाद कायम नै  छ ।

गत असोज ८ गते नेपाली काङ्ग्रेस निकट विद्यार्थीको समूहले मध्यपश्चिम विद्यालयको केन्द्रीय कार्यालयमा ताला लगाए ।

त्यसैगरी गत भदौ १३ गते काङ्ग्रेस निकट विद्यार्थी समूहले कृषि तथा वनविज्ञान विश्वविद्यालयमा ताला लगायो ।

स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० को निर्वाचनको सन्दर्भमा भएको विवादलाई लिएर नेविसंघले मध्यपश्चिम विश्वविद्यालयमा तालाबन्दी गर्यो ।

विश्वविद्यालयका रजिष्ट्रार प्राध्यापक डा। नारायणप्रसाद पौडेलले विद्यार्थीको तालाबन्दीका कारण विश्वविद्यालयमा शैक्षिक, प्रशासनिक लगायत सम्पूर्ण गतिविधि ठप्प भएका छन् ।

विश्वविद्यालयले वार्ता गरेर सहमतिको प्रयास गरेपनि काङ्ग्स निकट विद्यार्थीले असहमति देखाएपछि   ग्य्राजुएट स्कुल अफ म्यानेजमेन्ट डीन प्राडा दीपबहादुर रावलको नेतृत्वमा दुई सदस्यीय  वार्ता समिति गठन गरिएको छ ।

त्यसैगरी कृषि विश्वविद्यालयमा पनि ग्रुपफाइटलाई एमाले काङ्ग्रेसको भातृ संगठनहरूले राजनैतिक रङ्गदिएर भदौ १५ गतेदेखि बन्धक बनाएका छन् । विश्वविद्यालयले जति प्रयास गरे पनि उक्त समस्या सुल्झाउन  सकेको छैन ।

 नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालय बेलझुन्डीमा  विगत तीन महिना अघि विद्यार्थीले लगाएको ताला भने हिजो खोलेका छन् । विभिन्न विद्यार्थी संगठनहरूले  गाएको ताला हिजो वार्तापछि खोलिएको वार्ता टोलीका  संयोजक प्राचार्य योगराज शर्माले बताए ।

त्रिभुवन विश्वविद्यालय अहिले पदाधिकारी खुला प्रतिस्पर्धाबाट गर्ने भन्दै केही पदाधिकारीको छनोट प्रक्रियामा जुटेको छ । त्रिविले इन्जिनियरिङ अध्ययन संस्थानको डिनका लागि ५ जनाको नाम अल्पसूची ९सर्टलिष्ट० प्रकाशन गरेको छ।

सावधिक पदमा नियुक्तिका आधार र मापदण्डसम्बन्धी विनियम २०८१ बमोजिम संस्थानको डिन बन्नका लागि ज्ञज्ञ जनाले आवेदन दिउकोमा पाँच जनाको अल्पसूची प्रकाशन गरेको छ ।  अलपसूच्ीमा परेका प्राडा भोलानाथ शर्मा घिमिरे, प्राडा लक्ष्मण पौडेल, प्राडा संगीता सिंह, प्राडा सुवर्ण शाक्य र प्राडा सुशीलबहादुर बज्राचार्यको  प्रस्तुति र अन्तर्वार्ता  आज विहान ८ बजेदेखि लिएको त्रिविका प्रवक्ता यामसिंह बोहोराले जानकारी दिए । बोहोराका अनुसार त्रिविले गत असोज ८ गते मानविक ितथा सामाजिक शास्त्र संकायको डिन छनोट समितिले डिनका लागि अनतर्वार्ता लिइसकेको छ ।

कार्यक्रम संयोजक, कयाम्पस प्रमुख, डिन अनुसन्धान केन्द्र निर्देशकसम्मका पदाधिकारी मापदण्डका आधारमा  छनोट गनेृ प्रक्रिया रहेको छनोट समितिलाई  आफू खुसी गरेको आरोप लगेको छ ।

मानविकीको डिनका लागि विद्यावारिधि उपाधिको नम्बर नै नजोडी सर्टलिस्ट निकालिएपछि उम्मेदवार प्राध्यापक कृष्णराज आचार्यले उपकुलपति कार्यालयमा छनोट प्रक्रियाविरुद्ध निवेदन दर्ता गराएको उपकुलपति कार्यालयले जानकारी दियो ।

सावधिक पदमा नियुक्तिका आधार र मापदण्डसम्बन्धी विनियम २०८१  अनुसार आठ डिन, एउटा अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक, योजना निर्देशनालयका निर्देशक, १७ वटा क्याम्पस प्रमुख र ६ सहपरीक्षा नियन्त्रक गरी ३१ जना पदाधिकारी छनोटका लागि विज्ञापन गरेको थियो। यसका लागि २७१ जनाले आवेदन दिएको प्रवक्ता बोहोराले जानकारी दिए ।  प्रवक्ता बोहोराका अनुसार क्यामपस प्रमुखका लागि ४७ जनाले आवेदन दिएका छन् । त्यसमा सूर्यनारायण सत्यनारायण मो।या।क्याम्पसका लागि ४, रत्नराज्य लक्ष्मी क्याम्पसका लागि ६, पृथ्वीनारायण क्याम्पसका लागि ९, रामस्वरुप रामसागर क्याम्पस, जनकपुरका लागि १०, बुटवल बहुमुखी क्याम्पसका लागि ५, त्रिभुवन बहुमुखी क्याम्पसका लागि ३, डोटी बहुमुखी क्याम्पसका लागि २, पाटन संयुक्त क्याम्पसका लागि १७,विश्वभाषा क्याम्पसका लागि ४, सुर्खेत क्याम्पसका लागि ७, जुम्ला क्याम्पसका लागि १, वीरेन्द्र बहुमुखी क्याम्पसका लागि ३,वीरेन्द्र बहुमुखी क्याम्पसका लागि ११ जना, सानोठिमी क्याम्पसका लागि ११, ललितकला क्याम्पसका लागि ५ जना, भैरहवा बहुमुखी क्याम्पस क्याम्पसका लागि १३, भोजपुर बहुमुखी क्याम्पसका लागि ४ जनाले आवेदन दिएका छन् ।

Thuprai - Books and E-books
Select college / campus