CMAT

केन्द्रीय पुस्तकालय अनुगमन

Bachelors Portal

काठमाडौँ, २१ मङ्सिर (रासस) ः राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयकोे आज अनुगमन गरेको छ । पुस्तकालयका राष्ट्रिय महत्वका दस्तावेजको अभिलेखबारे अध्ययन गर्न अनुगमन गरिएको समितिका सभापति रामनारायण विडारीले बताउनुभयो । 

अनुगमनका क्रममा पुस्तकालयका पुस्तकको संरक्षण हुन नसकेको पाइएको उहाँले बताउनुभयो । भूकम्पले पु¥याएको क्षतिपछि पुनःनिर्माण नगरिएको, बेलायतलगायत विश्वका अन्य देशसँगको पुस्तकालयको इन्टरनेटमार्फत कायम गरिएको सम्बन्ध बिच्छेद हुने अवस्थामा पुगेको र पुस्तकालयलाई प्रविधिमैत्री बनाउन नसकिएको जस्ता समस्या पाइएको सभापति विडारीले बताउनुभयो । 

पुस्तकालयमा १६ औँ शताब्दीका हस्तलिखित र केही स्वर्ण अक्षरका महत्वपूर्ण दस्तावेजसमेत पाइयो । तर, तिनको वातानुकूलित व्यवस्थापन र संरक्षण हुन नसकेको देख्दा दस्तावेज नष्ट होलान् भन्ने आफूलाई लागेको उहाँले बताउनुभयो । अनुगमनपछि समितिमार्फत सरकारलाई पुस्तकालयको स्तरोन्नति तथा प्रविधिमैत्री बनाउन सरकारसँग आग्रह गरिने सभापति विडारीले बताउनुभयो । 

अनुगमनमा समतिका सुमनराज प्याकुरेल, दुर्गाप्रसाद उपाध्याय र राधेश्याम अधिकारीसहभागी हुनुहुन्थ्यो । उक्त अवसरमा त्रिविका उपकुलपति डा तीर्थराज खनिया, रेक्टर डा सुधा त्रिपाठी र रजिस्ट्रार डिल्लीराम उप्रेतीले पुस्तकालय जीर्ण रहेकाले पुस्तक संरक्षण गर्न समस्या भएको बताउनुभयो । 

Thuprai - Books and E-books
I Tech store