उपकुलपति गिरी विरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरी विरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ ।

आयोगले पदीय मर्यादा विपरीत कार्य गरेको  पाइएकाले गिरी विरुद्ध मुद्दा दायर गरेको हो ।

गिरीले प्रतिष्ठानको उपकुलपति जस्तो पदमा नियुक्ति भइसकेपछि नियमित काम गर्ने क्रममा  कुनै आधिकारिक  निकायबाट नपाएको ‘प्रोफोसर’ पदको दुरुपयोग गरेको हुँदा कारबाहीको माग गर्दै मुद्दा दायर गरेको हो ।

 गिरीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ बमोजिमको कसुर भएकोले गिरीलाई भ्रष्टाचार निवारण ऐनको दफा १५ बमोजिमको कसुरमा सोही ऐनको दफा १५ बमोजिम सजाय हुन र सोही ऐनको दफा २४ बमोजिमको थप सजायसमेतको मागदावी  सहित मुद्दा दायर गरेको छ ।

गिरीले नपाएको ओहदा प्रयोग गरेको र उक्त कार्यमा निज ज्ञानेन्द्रमान सिंह कार्कीको मतियारको भूमिका रहेको देखिएको हुनाले निजलाई भ्रष्टाचार निवारण ऐनको दफा २२ बमोजिमको  सजाय मागदाबी  गर्दै मुद्दा दायर गरेको हो ।

Thuprai - Books and E-books