A Levels MA

लेखा अधिकृत दाहालसहित चार जना विरुद्ध मुद्दा

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुका लेखा अधिकृत कमलप्रसाद दाहालसहित अन्य चार जनालाई विशेष अदालत काठमाडौंमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुदा दर्ता गराएको छ ।

अख्तियारले दाहालसहित त्रियुगा जनता बहुमुखी क्याम्पस गाइघाटका प्रशसन सहायक पदमा कार्यरत तेजनारायण चौधरी, सोही क्याम्पसका परीक्षार्थी जानुका आलेमगर र बरुवा क्याम्पस गाइघाटका हिरा कटुवाल विरुद्ध मुद्दा दर्ता गराएको हो ।

उत्तरपुस्तिकाको प्राप्तङ्क फेरबदल, साटासाट तथा उत्तरपुस्तिका परिक्षण गर्ने शिक्षकलाई प्रभावमा पारेको प्रमाण अख्तियारले फेला पारेको छ । परीक्षा कृन्द्र बाहिर लेखिएका उत्तरपुस्तिकाको बाहिरी कभरपेज उही राखी भित्री पानाहरु घर लगेर विज्ञहरुलाई लेख्न लगाई फेरी सोही वस्तविक कभरपेजमा स्टिज लगाएको पाइएको छ  । परीक्षार्थीले उत्तरपुस्तिका विज्ञलाई लेख्नलगाई उत्तरपुस्तिका फेरबदल गरेको प्रमाणित हुन आएकाले मुद्दा दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवत्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

दुवै परीक्षार्थीको उत्तरपुस्तिका परीक्षा केन्द्र बाहिर लेख्न लगाई आफ्नो पदीय मयर्दाको उलंघन गरेको हुनाले दाहाललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिम सजाय माग गर्दै अख्तियारले मुद्दा दर्ता गराएको हो ।

दाहालले प्रश्नपत्रको गोपनीयता भंग गर्ने वा परीक्षाको परिणाम फेरबदल गरेको सप्रमाण पुष्टि भएकाले उनीविरुद्ध एक वर्ष कैद र १० हजारसम्म जरिवानाको माग गरेको छ।

परीक्षा केन्द्र बाहिर लेखिएका उत्तरपुस्तिकाहरु निजहरुबाट दाहाललाई दिएको, उत्तरपुस्तिकाहरु साटफेर गरी परीक्षाको परिणाममा फेरबदल गरेको प्रमाणित भएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिबन्धात्मक वाक्यांश बमोजिम कसुर गर्नेलाई सरह चौधरीलाई दाहालकै  सजाययाको आधा सजाया गर्न माग गरेको छ ।

साथै परीक्षाथीहरू आलेमगर र कटुवालले परीक्षा केन्द्रमा एउटा उत्तरपुस्तिकामा लेखी पुनस् सोही विषयको उत्तरपुस्तिका परीक्षा केन्द्र भन्दा बाहिर लेखी, लेख्न लगाइ अमर्यादित कार्यमा संलग्न भएको हुनाले निजहरुलाई चौधरी सहर नै कारबाही गर्न अख्तियारले माग गरेको छ ।

Thuprai - Books and E-books