SEE Result 2082

सय विद्यालयको गुरुयोजना निर्माणका लागि राजधानीका परामर्शदाता फर्म छनोट (विस्तृत विवरण सहित)

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले नमुना विकासका लागि छनोट भएका सय विद्यालयहरूको गुरुयोजना निर्माणका लागि राजधानीका तीन कम्पनीका पाँच जनासंग कार्यसम्पादन सम्झौता गरेको छ ।

केन्द्रले आर्थिक वर्ष २०७५–०७६ मा नमुना विकासका लागि छनोट भएका देशभरिका विद्यालयको कार्यसम्पादनका लागि परामर्शदातासंग सम्झौता गरेको हो ।

गुरुयोजना निर्माणका लागि समूह ए का लागि सितारा कन्सल्ट प्राइभेट लिमिटेड ललितपुरका टिकाबहादुर कोइराला, समूहका बी का लागि सोही कम्पनीका सरोजकुमार कार्की, समूह सी का लागि मुन लाइट एण्ड इभरसेफ इन्जिनियरिङ भक्तपुरका नवीन खनाल, समूह डी का लागि मुनलाइटकै सज्जन शाही र ई का समूह डीबी मल्टी इन्जिनियरिङ कन्सल्टेन्सी बानेश्वरका दीपेन्द्र भट्टसंग सम्झौता गरेको केन्द्रका निर्देशक गेहनाथ गौतमले आज एक विज्ञप्ति मार्फत् जानकारी दिएका छन् ।

विस्तृत विवरणका लागि यहाँ क्लिक गर्नुहोस्:

+2 School
Counseling
Bachelors Portal