काठमाडौं महानगरपालिकाले छात्रवृत्ति प्रदानका लागि लिएको परीक्षाको नतिजामा तोकिएको सिटभन्दा कम विद्यार्थी उत्तीर्ण भएका छन् ।
गत शुक्रबार लिएको छात्रवृत्ति वितरण परीक्षाको नतिजामा विज्ञान बाँहेक अन्य विषयमा तोकिएको सिटभन्दा कम विद्यार्थी उत्तीर्ण भएका हुन् । ४६२९ सिटका लागि लिएको परीक्षामा १३९५ कम विद्यार्थी उत्तीर्ण भएका हुन् ।
सो परीक्षामा ८ हजार १९७ जना विद्यार्थी उत्तीर्ण भएका छन् । प्रकाशित नतिजा अनुसार विज्ञान समूहको छात्रवृत्तिका लागि सिट संख्या १ हजार ५५७ तोकिएको छ भने उत्तीर्ण संख्या ६ हजार ७२० जना रहेको छ । विज्ञानमा आवेदन दिनेको संख्या ८४९७ जना रहेको छ ।
समूह |
सिट |
आवेदक |
सहभागी |
रद्द |
उत्तीर्ण |
कम |
|
विज्ञान |
१५५७ | ८४९७ | ७६६५ | - | ६७२० | - | |
व्यवस्थापन |
२४९३ | २५८१ | २३२८ | २ | १३८१ | १११२ | |
कानुन |
१६३ | १५३ | १३२ | ७३ | ६३ | ||
शिक्षा |
७० | ३७ | ३२ | १५ | ५५ | ||
मानविकी |
१७३ | १३ | ११ | ८ | १६५ | ||
जम्मा |
४६२९ | ११२८१ | १०१६८ | २ | ८१७९ | १३८१ |
त्यसैगरी, व्यवस्थापनको सिट संख्या २४९३ छ भने उत्तीर्ण विद्यार्थी संख्या १३८१ जना रहेका छन् । यो विषयमा २ जनाको परीक्षा रद्द गरिएको छ । प्रकाशित नतिजा अनुसार यो विषयमा पनि तोकिएको सिटभन्दा १११२ जना कम विद्यार्थी छात्रवृत्ति छनोट परीक्षामा उत्तीर्ण भएका छन् । कानुनमा सिट संख्या १६३ छ भने उत्तीर्ण संख्या ७३ जना रहेको छ । यो विषयमा ६३ जना कम विद्यार्थी उत्तीर्ण भएका छन् । त्यसैगरी शिक्षामा छात्रवृत्तिका लागि सिटसंख्या ७० तोकिएको छ भने उत्तीर्ण संख्या १५ रहेको छ । यो विषयमा पनि ५५ जनाको सिट रित्तै भएको छ । त्यस्तै मानविकीमा १७३ सिट तोकिएको छ तर परीक्षामा भने ८ जना मात्र उत्तीर्ण भएका छन् । यो विषयमा १६५ सिट रिक्त रहने देखिएको छ ।
उच्चतम अङ्क आउनेलाई सबैभन्दा पहिलो योग्यताक्रमानुसार र बराबर अङ्क भएमा एसईईको जीपीए, विषयगत रुपमा गणित, विज्ञान, अंग्रेजी, सामान्यज्ञानमा प्राप्त गरेको अङ्क र सोपनि बराबर भएमा उमेरका आधारमा कनिष्टलाई योग्यताक्रममा अघि राख्ने निर्णय गरिएको महानगरपालिका प्रमुख बालेन शहले जानकारी दिए ।
सामाजिक सञ्जालमार्फ शाहले प्रकाशित भएको छात्रवृत्ति नतिजा अनुसार कायम योग्यता सूचीमा नाम समावेश नभएको वा नाम समावेश भएको तर योग्यता सूची उपर चित्त नबुझेका परीक्षार्थीले अनुसूची ३ बमोजिमको फाराम भरी महानगरपालिकामा पुनर्योग वा दाबीविरोधका लागि आवश्यक प्रमाणसहित अनलाइन मार्फत निवेदन दिनुपर्ने जानकारी दिएका छन् । पुनर्योग एवं दाबी विरोधका लागि तीन समय तोकिएको छ।
छात्रवृत्ति वितरण परीक्षा र परीक्षार्थीहरूले अनलाइनमार्फत छानेका शिक्षण संस्थाहरूका योग्यता एवं प्राथमिकताका आधारमा भर्ना हुनका लागि परीक्षार्थीलाई साउन १३ गते शिक्षण संस्थाहरू सिफारिस गरिने उनले जानकराी दिएका छन् ।
योग्यता एवं प्राथमिकताका आधारमा छात्रवृत्ति प्राप्त गर्न प्रतीक्षामा रहेका विद्यार्थीहरूलाई छात्रवृत्ति कोटा खाली रहेका विद्यालयहरूमा पुनस् म्याचिङ गर्ने अवसर दिइने जनाइएको छ। यस्तो पुनस् म्याचिङ गर्दा एउटा विषय समूहमा आवेदन दिएको परीक्षार्थीले अर्को विषय समूहमा पनि शिक्षण संस्था रोज्न पाउने व्यवस्था छ। पुन म्याचिङ गर्ने समय पछि प्रकाशन गरिने सूचनामा उल्लेख छ।