After SEE Portal

अनुदानका लागि मापदण्ड पुगेका क्याम्पसले असोज ६ गते भित्र आवेदन दिनु पर्ने

Bridge Course

विश्वविद्यालय अनुदान आयोगको उच्च शिक्षामा विशिष्टताको प्रबर्द्धन कार्यक्रम अन्तर्गत उच्च शिक्षाको विकास र विस्तारका लागि व्यवस्था गरिएको अनुदान मापदण्ड पुगेका इच्छुक सामुदायिक क्याम्पसहरूले आगामी असोज ६ गते भित्र आवेदन दिन सूचित गरेको छ ।

विस्तारित कार्यसम्पादनमा आधारित अनुदानका लागि तोकिएका सम्पूर्ण कागजात सहित  कार्याक्रम कार्यान्वयनका लागि छनोटमा परेका क्यासलाई आवेदन दिन सूचित गरेको हो ।

विश्वविद्यालय अनुदान आयोगले राष्ट्रिय उच्च शिक्षा कार्यक्रम कार्यान्वयनको क्रममा विश्व बैंकको सहयोगमा  यो कार्यक्रम् सञ्चालन गर्दै आएको छ ।

आयोगले कार्यक्रममा सहभागिताका लागि छनोट भएका विश्वविद्यालयका आंगिक क्याम्पसहरू (सम्बन्धित विश्वविद्यालय मार्फत) र सम्बन्धन प्राप्त सामुदायिक क्याम्पसहरू (विश्वविद्यालय अनुदान आयोग मार्फत) लाई निर्धारित कार्यसम्पादन सूचकहरूमा भएको प्रगतिका आधारमा अनुदान उपलब्ध  आएको छ ।

A Levels MA
Thuprai - Books and E-books