यी हुन् शिक्षा दिवस २०७५ को उपलक्ष्यमा पुरस्कृत हुने क्याम्पसहरू

राष्ट्रिय शिक्षा दिवसको उपलक्षमा आङ्गिक, सामुदायिक र निजी क्षेत्रका १,१ वटा गरी जम्मा ३ वटा क्याम्पसहरूलाई उत्कृष्टताको आधारमा नगद पुरस्कारबाट पुरस्कृत गर्ने व्यवस्था भए अनुसार सिफारिस समितिको सिफारिसको आधारमा यस मन्त्रालयको मिति २०७५।०५।१५ को निर्णयनुसार देहाय अनुसारका क्याम्पसहरु छनौट भएको हुँदा उक्त क्याम्पसहरुले मिति २०७५।०५।२२ गते कार्यालय समय भित्र शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयको उच्च शिक्षा शाखामा  सम्पर्क राख्न सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ ।

क्र.सं.

क्याम्पसको नाम र ठेगाना

विश्वविद्यालय

क्षेत्र

पृथ्वी नारायण क्याम्पस, पोखरा, कास्की

त्रिभुवन विश्वविद्यालय

आङ्गिक

लुम्बिनी वाणिज्य क्याम्पस, बुटवल, रुपन्देही

त्रिभुवन विश्वविद्यालय

सामुदायिक

मनमोहन मेमोरियल इन्ष्टिच्यूट अफ हेल्थ साइन्सेज, स्वंयम्भू, काठमाडौं

त्रिभुवन विश्वविद्यालय

निजी

Degrees offered in nepal
Counseling
Bachelors Portal