After SEE Portal

बोर्डको अध्यक्ष छनोट गर्न खुला दरखास्त आव्हान

Bridge Course

राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष बन्न इच्छुक व्यक्तिले मंसिर ९ गते भित्र सिफारिस समितिको सचिवालय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा दरखास्त पेश गर्नुपर्ने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस गर्न गठित सिफारिस समितिको बैठक र छनौट सम्बन्धी कार्यविधि २०७८ बमोजिम दरखास्त माग गरेको हो ।

ऐनको दफा ४ क को उपदफा (३) बामेजिम सिफारिस समितिको सिफारिसमा नेपाल सरकारले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष नियुक्ति गर्ने व्यवस्था भएको हुँदा सिफारिस समितिले आज दरखास्तमाग गरेको छ ।

इच्छुक उम्मेद्वारहरुको योग्यताक्रम निर्धारण गरी उच्च अंक प्राप्त गर्ने उम्मेदवार अध्यक्ष नियुक्तिका लागि नेपाल सरकारलाई सिफारिस गरिने समितिले आज प्रकाशन गरेको सूचनामा उल्लेख गरिएको छ ।

A Levels MA