After SEE Portal

त्रिविको ४९औँ दीक्षान्त समारोहका लागि आवेदन माग

Bridge Course

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले ४९औँ दीक्षान्त समारोह (२०८०) मा भाग लिन  आवेदन  माग गरेको छ ।

विसं। २०७९ साल असार १ गतेदेखि २०८० साल जेठ ३२ गते  सन् ( १५ जुन २०२२ देखि १५ औं जुन २०२३) सम्ममा  स्नातक तहदेखि स्नातकोत्तर उत्तीर्ण विद्यार्थीबाट आवेदन माग गरेको छ ।

सेमेस्टर तथा वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक, स्नातकोत्तर तथा एमफिल तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरू र सोही अवधिभित्र विद्यावारिधि (पिएचडी)  तह पूरा गर्नेहरूबाट आवेदन माग गरेको हो ।

दीक्षान्त समारोह सम्बन्धी विस्तृत जानकारी परीक्षा नियन्त्रण कार्यालयको वेबसाइटमा हेर्न सकिने परीक्षा नियन्त्रण कार्यालयले जारी गरेको सूचनामा उल्लेख गरेको छ ।

A Levels MA
Thuprai - Books and E-books