सुदूरपश्चिम र मध्यपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले दरखास्त माग गरेको छ ।
उपकुलपति पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिबाट हिजो स्वीकृत विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८० बमोजिम दरखास्त माग गरेको हो ।
समितिले दश दिनभित्र विश्वविद्यालय अनुदान आयोग, आयोगका अध्यक्षको सचिवालय, सानोठिमी, भक्तपुरमा कार्यालय समयमा दरखास्त पेश गर्न आव्हान गरेको छ ।
दुवै विश्वविद्यालयका उपकुलपतिको पदावधि फागुन दोस्रो हप्ता सकिँदैछ।