After SEE Portal

प्रि डिप्लोमा-डिप्लोमा तथा प्रमाणपत्र तहको भर्नाका लागि आवेदन माग

Bridge Course

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) परीक्षा नियन्त्रण कार्यालयले शैक्षिक सत्र २०८०–०८१ का लागि प्रवेश परीक्ष्ाँका लागि आवेदन माग गरेको छ ।

प्रि डिप्लोमा र डिप्लोमा तथा प्रमाणपत्र तहको स्वीकृत कार्यक्रम र कोटाहरूमा पूर्ण शुल्कीय र वर्गीकृत (निःशुल्क) छात्रवृत्तितर्फ प्रवेश परीक्षाका लागि आवेदन माग गरेको हो ।

सीटीईभीटबाट सञ्चालन गरिने उक्त कार्यक्रममा अध्ययनका लागि साउन १२ गते भित्र आवेदन दिनुपर्ने सूचना जारी गरेको छ ।

सीटीईभीटीबाट सञ्चालन सम्बन्धन–स्वीकृति पाएका आङ्गिक, साझेदार, सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा र निजी स्तरमा सञ्चालित शिक्षालयहरूले परिषद् परीक्षा नियन्त्रण कार्यालयद्वारा जारी गरिएको प्रि–डिप्लोमा र डिप्लोमा तथा प्रमाणपत्र तहको प्रवेश परीक्षा सञ्चालन, छात्रवृत्ति वितरण तथा भर्ना सम्बन्धी निर्देशिकाहरू २०८० बमोजिम पूर्ण शुल्कीय तर्फका शिक्षालयका स्वीकृत कार्यक्रम र ्र कोटाहरूमा विद्यार्थी छनोट गर्न आवेदन माग गरेको हो ।

एसईई, एसएलसी, प्रि–डिप्लोमा, प्राविधिक एसएलसी उत्तीर्ण भएका विद्यार्थीहरूले पेस गरेका शैक्षिक योग्यता बापत प्रदान गरिने अङ्क र प्रवेश परीक्षामा प्राप्त गरेको अङ्कको योगफल अनुसार कार्यक्रम र ्र कोटाहरूमा योग्यता क्रमानुसार छनोट हुने सूचनामा उल्लेख गरेको छ । विस्तृत विवरण प्रिडिप्लोमा र डिप्लोमा तथा प्रमाणपत्र तहको प्रवेश परीक्षा सञ्चालन, छात्रवृत्ति वितरण तथा भर्ना सम्बन्धी निर्देशिकाहरू २०८० मा उल्लेख गरिएको छ दा

प्रि डिप्लोमा र डिप्लोमा तथा प्रमाणपत्र तहको वर्गीकृत ( निःशुल्क) छात्रवृत्ति सम्बन्धी विस्तृत सूचना असार ३० गते प्रकाशित गरिने सीटीईभीटीले जानकारी दियो ।

वर्गीकृत (निःशुल्क) छात्रवृत्तिका लागि आवेदन साउन ४ गतेदेखि १२ गतेसम्म अनलाइनमा दिन सकिने सूचनामा उल्लेख छ ।

 

A Levels MA