After SEE Portal

केयुद्वारा कर्मसाधना सम्मानका लागि आवेदन माग

Bridge Course

काठमाडौं विश्वविद्यालय (केयु)ले कर्मसाधना सम्मानका लागि आवेदन माग गरेको छ । रैथाने, क्लासिकल, पश्चिमा ज्ञान, विज्ञान, र प्रविधिका क्षेत्रमा योगदान पुर्याएका तीन जना व्यक्तित्वलाई सम्मान गर्नेगरी आगामी वैशाख १० गतेभित्र आवेदन माग गरेको हो ।

प्राडा।विद्यानाथ कोइराला र काठमाडौँ विश्वविद्यालयविच  गत जनवरी १६ मा भएको सम्झौता बमोजिम काठमाडौँ विश्वविद्यालयमा “कर्मसाधना सम्मान” कोष स्थापना गरिएको छ । सम्मानका लागि प्राध्यापक कोइरालाको तर्फबाट रू तीस लाख प्रदान गरिएको विश्वविद्यालयले जानकारी दियो ।

उक्त रकमको ब्याजबाट बर्षेनि ५० प्रतिशत छनोट भएका तीन जनालाई प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गर्न खर्च गरिने भएको छ । छनोट गर्दा कम्तिमा एकजना महिला पर्ने गरी गर्नुपर्ने छ ।

विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस्ः

आवेदन यहाँबाट दिनुहोस्ः

A Levels MA
Thuprai - Books and E-books