After SEE Portal

प्रि–डिप्लोमा तहमा १८१४ जनालाई छात्रवृत्ति दिने गरी आवेदन माग

Bridge Course

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद (सीटीईभीटी) ले शैक्षिक शत्र २०७९–८० मा प्रि–डिप्लोमा तहको वर्गीकृत (निःशुल्क) छात्रवृत्ति कोटामा १ हजार ८१४जालाई लिने गरी सञ्चालन गरिने प्रवेश परीक्षाका लागि आवेदन माग गरेको छ ।

शैक्षिक सत्र २०७९–÷०८० मा “प्रि–डिप्लोमा तहको प्रवेश परीक्षा सञ्चालन, छात्रवृत्ति वितरण एवं भर्ना सम्बन्धी निर्देशिका २०७९” बमोजिम परिषद्बाट सञ्चालन सम्बन्धन÷स्वीकृति प्राप्त आङ्गिक, साझेदारी, टेक्स तथा निजी शिक्षालयहरूमा निर्धारण गरिएका वर्गीकृत (निःशुल्क) छात्रवृत्ति कोटामा भर्नाका लागि आवेदन माग गरेको हो ।

इच्छुक विद्यार्थीले साउन २९ गतेभित्र रीतपूर्वक आवेदन फाराम भर्ने गरी माग गरिएको हो ।

न्यूनतम योग्यता पुगेका आवेदकहरूले अनलाइनबाट प्रवेश परीक्षा शुल्क तिरी अध्ययन गर्ने शिक्षालयहरू प्राथमिकीकरण र परीक्षा केन्द्रको जिल्ला छनोट गरी फारम भर्न सूचित गरेको छ ।

निर्देशिका अनुसार प्रत्येक शैक्षिक संस्थामा अध्यापन गराउने २० स्वीकृत कोटा पाएको शिक्षण संस्थाले प्रत्येक शैक्षिक कार्यक्रममा एक, ३० सिट पाएकाले प्रत्येक शैक्षिक कार्यक्रममा दुई, ४० पाएकालेले तीन र ४८ सिट पाएका शैक्षिक संस्थाले हरेक कार्यक्रमका लागि ४ सिट छात्रवृत्तिका लागि छुट्याउनु पर्नेछ । सोही अनुसार परिषद्ले आवेदन माग गरेको हो । समावेशीतर्फको विद्यार्थीले पनि यसैपटक जर्ग छुट्र्या आवेदन दिर्नु पर्ने छ ।

A Levels MA
Thuprai - Books and E-books