१२ औं दीक्षान्त समारोहका लागि आवेदन माग

पूर्वाञ्चल विश्वविद्यालयले १२ औं दीक्षान्त समारोहका लागि आवेदन माग गरेको छ ।

विश्वविद्यालयले २०७९ पौष १७ गतेदेखि २०८० पौष १५ गतेसम्म ट्रान्सकृष्ट लिइसकेका विद्यार्थीहरूलाई समारोहमा सहभागी हुनका लागि आवेदन माग गरेको हो ।

एमफिल, स्नातकोत्तर एवम् स्नातक तहका शैक्षिक कार्यक्रमको विभिन्न समूहमा भर्ना भई सम्बन्धित तह उत्तीर्ण गरेका विद्यार्थीको आवेदन माग गरेको छ ।

विद्यार्थीहरूले परीक्षा व्यवस्थापन कार्यालय विराटनगरमा सम्बन्धित क्याम्पसको प्रतिनिधि मार्फत वा विद्यार्थी स्वयम् उपस्थित भई मिति यही पुस २२ गतेसम्ममा कार्यालय समयभित्र दर्ता हुने गरी रीत पुयाई आवेदन फारम भर्नुपर्ने विश्वविद्यालयले जनाएको छ ।

Degrees offered in nepal
Counseling
Bachelors Portal