सीटीईभीटीद्वारा मौका परीक्षाका लागि आवेदन माग

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) परीक्षा नियन्त्रण कार्यालयले प्रि–डिप्लोमा तहको मौका परीक्षाको परीक्षा आवेदन खुला गरेको छ ।

परिषद्ले प्रि–डिप्लोमा तहको सम्पूर्ण कार्यक्रमबाट २०७९ वैशाखमा  सञ्चालन गरिएको परीक्षामा एक विषय अनुत्तीर्ण भएका विद्याथीको  मौका परीक्षाका लागि आवेदन माग गरेको हो ।

वार्षिक परीक्षामा सम्मिलित नियमित तर्फका परीक्षार्थीहरू मध्येबाट सैद्धान्तिक तर्फ एक विषय मात्र अनुत्तीर्ण भएका आंशिक परीक्षार्थीलाई एक विषयको मौका परीक्षाका  दिनका लागि माघ २० गतेदेखि फागुन ५ गतेसम्म आवेदन बुझाउन सीटीईभीटीले आवेदन माग गरेको छ ।

सीटीईभीटीले परीक्षा भने आगामी फागुन १३ गते विहान ८ बजेदेखि सञ्चालन गर्ने जनाएको छ।

Thuprai - Books and E-books