After SEE Portal

तराईका सामुदायिक विद्यालयमा बस र छात्रावासको व्यवस्था गरिने

Bridge Course

विराटनगर, १५ असोज (रासस) : प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले तराईका सामुदायिक विद्यालयमा बस र पहाड तथा हिमाली क्षेत्रमा छात्रावासको व्यवस्था गरी विद्यालय एकीकरण गर्ने बताउनुभएको छ ।

सामाजिक विकास मन्त्रालयद्वारा मङ्गलबार यहाँ आर्थिक वर्ष २०७५÷७६ को वार्षिक प्रगति तथा चालू आर्थिक वर्षका कार्यहरुकोे प्रस्तुतीकरण कार्यक्रममा उहाँले विद्यार्थी कम हुने विद्यालयमा तीनदेखि चार हजारसम्मका छात्रछात्रालाई जम्मा गरी विद्यालय एकीकरण गरी गुणस्तरीय शिक्षा प्रदान गर्ने जानकारी दिनुभयो ।

उहाँले मन्त्रालयले प्रदेशका विभिन्न स्थानमा सर्पदंश उपचार सेवा विस्तार गरेको र सोही क्रममा विराटनगरको कोचाखालमा स्थापना गरिएको बताउनुभयो । उहाँले विराटनगरको शहीद रङ्गशालामा रात्रिकालीन खेलका लागि स्थायीरूपमा ‘फ्लड लाइट’ राख्न ठेक्का प्रक्रिया लागेकाले आगामी फागुनभित्र सम्पन्न हुने जानकारी दिनुभयो ।

A Levels MA