After SEE Portal

ब्रिटिस काउन्सिलद्वारा सीटीईभीटीलाई ९ ओटा गाडी हस्तान्तरण

Bridge Course

ब्रिटिस काउन्सिलले तालिममा पहुँच बढाउने उद्देश्यले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) लाई ९ वटा बस प्रदान गरेको छ।

दक्षता परियोजनाका टोली प्रमुख एरिक विन्तर(श्मीटले आज औपचारिक रुपमा सीटीईभीटीका सदस्य सचिव जीब नारायण काफ्लेलाई बस हस्तान्तरण गरेका छन्।

यी बसहरु सीप विकासमा रोजगारदाताको सहभागितालाई प्रोत्साहन परियोजना (एसइइसीइएस) ले सहयोग गरिरहेका ९ वटा सीटीईभीटी विद्यालयका निमित्त प्रदान गरिएको हो । नेपालभर प्राविधिक तथा व्यावसायिक तालिम (टिभिइटी)मा पहुँच बढाउने प्रयास अन्तर्गत ती बस प्रदान गरिएका काउन्सिलले जनाएको छ ।

यी बसले टिभिइटीका विद्यार्थीलाई तालिममा उपस्थित हुनका लागि सुरक्षित र भरपर्दो यातायातका साधन साबित हुने काउन्सिललको विश्वास छ ।सवारीसाधनको व्यवस्था यी ९ विद्यालयमा पहुँच बढाउने व्यवहारिक माध्यम बन्ने सीटीईभीटीका सदस्य सचिव काफ्लेले बताए ।

श्रम बजारसँग सम्बन्धित सीपको तालिम पाउनमा रहेका भौतिक अवरोधलाई सम्बोधन गर्न यी बसहरूले सघाउने बताए।

ब्रिटिश काउन्सिल नेपालका राष्ट्रिय निर्देशक शहिदा म्याकडुगलले भनिन्, ‘विद्यार्थी र शिक्षक दुवैका लागि पहुँच र समावेशीतामा वृद्धि गर्ने सीटीईभीटीका विद्यालयहरुसँगको हाम्रो साझेदारीप्रति हामी गौरवान्वित छौँ। पहुँच र समावेशीतामा दिगोपनाका महत्वपूर्ण अंश हुन्। यो पहलले फाइदा पुर्याउने र स्थानीय समुदाय र व्यवसायमा थप रोजगार र आर्थिक अवसरहरू श्रृजना गर्ने हामीले अपेक्षा गरेका छौं।'

देशभरका ९ वटा सिटिइभिटि विद्यालयहरुमा सञ्चालन गरिएको एसइइसीएस परियोजनाले सँस्थागत, क्षेत्रीय, राष्ट्रिय र केन्द्रीय तहमा सार्वजनिक र नीजि क्षेत्र दुवैमा क्षमता अभिवृद्धिको प्रवद्धन गर्दछ।

यी ९ विद्यालयका विशेषज्ञता नेपाल सरकारले प्राथमिकताका क्षेत्र भनेर पहिचान गरेका तीनवटा महत्वपूर्ण औद्योगिक क्षेत्र ( निर्माण, कृषि, र पर्यटनमा केन्द्रित छन्। एसइइसीएस परियोजना युरोपियन युनियनको आर्थिक सहयोग रहेको र ब्रिटिश काउन्सिल नेपालले व्यवस्थापन गरेको दक्षताः टिभिइटि प्राक्टिकल पार्टनरशिप परियोजनाको सहयोगमा सिटिइभिटिले सञ्चालन गरिरहेको छ।

A Levels MA