After SEE Portal

द ब्रिटिस कलेजले नमस्ते एकेडेमी रुपन्देहीको व्यवस्थापन थाल्यो

Bridge Course

काठमाडौँ । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको ‘द ब्रिटिस कलेज’ (टीबीसी)ले लुम्बिनी प्रदेशको बुटवलस्थित नमस्ते एकेडेमी, रुपन्देहीको व्यवस्थापन थालेको छ । प्रतिष्ठित ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता प्राप्त नेपालको एकमात्र शैक्षिक संस्था ब्रिटिस कलेजले आधिकारिक रुपमा नमस्तेको व्यवस्थापन थालेको हो ।

टीबीसीको व्यवस्थापनामा आएसँगै नमस्ते एकेडेमीलाई पश्चिम नेपालको अग्रणी शैक्षिक संस्थामध्यको एक बनाउनको लागि केही प्रमुख परिवर्तनहरुको थालनी भएका छन् । विश्व स्तरिय शिक्षा प्रदान गर्नको लागि नमस्तेमा व्यवस्थापनसँगै अत्याधुनिक पूर्वाधारहरुमा पनि परिवर्तन थालिएको हो ।

लामो समयदेखि ब्रिटिस कलेजको सल्लाहकार समितिमा रहेका पाउल क्ल्भ्सि एमबीईलाई नमस्तेको विद्यालय व्यवस्थापन समितिको उपाध्यक्षको जिम्मेवारी दिइएको छ । शैक्षिक क्षेत्रमा निकै उपलब्धि हाँसिल गरेका क्ल्भिससँग बेलायतका प्रतिष्ठित विश्वविद्यालयहरुमा काम गरेको अनुभव रहेको छ । उनले काम गरेको शैक्षिक संस्थाहरुमा उत्कृष्टमध्येको एक बेलायतको इटन कलेज रहेको छ । साथै, उनको सर्वाधिक विक्री भएको पुस्तक विश्वका बिभिन्न विश्वविद्यालयहरुमा पढाइँदै आएको छ ।

त्यस्तै, विद्यालयको एक्जिक्युटिभ प्रिन्सिपलमा मार्क बार्थोलोमेउलाई नियुक्त गरिएको छ । शैक्षिक व्यवस्थापनमा दख्खल बार्थोलोमउ बेलायती नागरिक हुन् । बेलायतमा धेरै शैक्षिक परियोजनाहरुको नेतृत्व गरेका उनीसँग ब्रिटिस काउन्सिल तथा विश्वको प्रतिष्ठित विश्वविद्यालय क्याम्ब्रिजमा काम गरेको ३० वर्षको अनुभव छ । बार्थोलोमेउले यसै शैक्षिक सत्रमा नमस्तेलाई प्रदेशको अंग्रेजी भाषाको उत्कृष्ट शैक्षिक संस्थाक बनाउने उदेश्य लिएको बताएका छन् । ‘हाम्रो उद्देश्य भनेको नेपाली समुदायमा शैक्षिक स्तर वृद्धि गर्नु हो । साथै, यसै शैक्षिक सत्रमा हामीले नमस्तेलाई प्रदेशको अंग्रेजी भाषाको पढाई हुने एक उत्कृष्ट शिक्षा प्रदायक बनाउने योजनामा छौं’, बार्थोलोमेउले भने ।

ब्रिटिस एजुकेशन ग्रुपले नेपालमा ब्रिटिस कलेज तथा मदरल्याण्ड स्कुल तथा दुबई र बेलायतमा पनि शैक्षिक संस्थाहरु संचालनमा ल्याएको छ । साथै, यस समूहले शिक्षा क्षेत्रमा थप विस्तार गर्ने योजना अगाडि सारेर अघि बढिरहेको छ । यसै समूहका सदस्य अरुण कँडेल विद्यालय विभागका प्रमुख रहेका छन् । शैक्षिक क्षेत्रमा करिब १५ वर्षको अनुभव हाँसिल गरेका कँडेलले नमस्तेसहित अन्य विद्यालयहरुको शैक्षिक सुधारमा प्रमुख भूमिका निर्वाह गर्नेछन् ।

व्यवस्थापन थालेसँगै नमस्ते एकेडेमी ब्रिटिस एजुकेशन ग्रुपको एक हिस्सा बनेको छ । ब्रिटिस एजुकेशन ग्रुपका संस्थापक तथा कार्यकारी निर्देशक राजन कँडेलले थप अनुभवी व्यक्तिहरु  नमस्तेमा आबद्ध भएकोले यसको गुणस्तर वृद्धि हुने विश्वास व्यक्त गरेका छन् । ‘नमस्तेलाई अझै अगाडि बढाउन र नेपालमा उच्च गुणस्तरिय शिक्षा प्रदान गर्नको लागि लामो समय शैक्षिक क्षेत्रमा काम गर्नुभएका व्यक्तिहरु जोडिनुभएको छ । मलाई विश्वास छ हाम्रो टिमले नमस्तेलाई थप उचाईमा पुर्‍याउनुहुनेछ ।’ कँडेलका अनुसार यो समूहले यस वर्ष पनि शैक्षिक क्षेत्रमा लगानी थप्नेछ ।

कँडेल बेलायतको उत्कृष्टमध्येको एक शैक्षिक संस्था ‘न्यूस्टेड वुड स्कूल’को अभिभावक संघको अध्यक्षमा हालसालै नियुक्त भएका छन् । उनीसन् १९५४ देखि संचालनमा आएको बेलायतको साउथ इस्ट लण्डनस्थित न्यूस्टेड वुड स्कुलको अध्यक्षमा नियुक्त भएका हुन् ।

A Levels MA
Thuprai - Books and E-books