A Levels MA

द ब्रिटिस कलेजले पार्टनरसिप गर्दै आइरहेको विश्वविद्यालय शिर्ष २० मा

काठमाडौँ - थापाथलीस्थित रहेको द ब्रिटिस कलेजले अन्तर्राष्ट्रिय गुणस्तरको शिक्षा प्रदान गर्दै  आइरहेको छ । द ब्रिटिस कलेजले पार्टनरसिप गर्दै आइरहेको विश्वविद्यालय वेस्ट अफ इंग्ल्याण्ड (युडब्लुई), युकेमा रहेका विश्वविद्यालयमध्ये शिर्ष २० मा पर्न सफल भएको छ । युकेमा १०० भन्दा बढी विश्वविद्यालयहरु रहेका छन् । पछिल्लो सर्भेका अनुसार युडब्लुई रोजगारी पाउने विश्वविद्यालयको शिर्ष २० औँ स्थानमा रहेको छ । यो सर्भे उच्च शिक्षा तथ्यांक एजेन्सी 'हिसा'ले सार्वजनिक गरेको हो । हिसाले प्रत्येक वर्ष विश्वविद्यालयहरुबारे सर्भे गर्दै आइरहेको छ । सर्भेका अनुसार यो विश्वविद्यालयबाट उत्तिर्ण भएको १४ महिनाभित्र ९२ प्रतिशत विद्यार्थीहरुले रोजगारी पाउँदै आइरहेका छन् । यो वार्षिक सामाजिक सर्भेले यो पुष्टि गरेको छ कि साउथ वेस्टमा युडब्लुईमा अध्ययनरत विद्यार्थीहरुले ग्राजयुटपछि रोजगारीको अवसर पाउनेमा यो विश्वविद्यालय शिर्षस्थानमा रहेको छ । पुरै युकेमा १८ औँ स्थानमा रहेको छ ।

वेस्ट अफ इंग्ल्याण्ड विश्वविद्यालय
वेस्ट अफ इंग्ल्याण्ड विश्वविद्यालय

द ब्रिटिस कलेजबाट बिबिए र एमआइबिएम ग्राजुयटले युनिभर्सिटी अफ द वेस्ट अफ इंग्ल्याण्डको डिग्री प्राप्त गर्छन् । युडब्लुईका भाइस चान्सलर प्रोफेसर स्टीभ वेस्ट भन्छन्, “ग्राजयुटका लागि रोजगारी प्राप्तिका लागि र सकारात्मक भिजनका लागि युनिभर्सिटी एलायन्स शिर्षस्थानमा रहेको छ ।”

पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरमा रोजगारीका लागि ठुलो प्रतिस्पर्धा रहेको छ । यसैलाई मध्यनजर गर्दै द ब्रिटिस कलेजले गुणस्तीय शिक्षा प्रदान गर्दै आइरहेको छ । विद्यार्थीहरुलाई आवश्यक पर्ने गुणस्तीय शिक्षा, लगायत अन्य महत्वपुर्ण कुराहरु यस  कलेजले प्रदान गर्दै आइरहेको छ । युडब्लुईसँग गरेको पार्टनरसिपले आठ वर्ष नाघेको र आफुहरु यसप्रति गर्व रहेको द ब्रिटिस कलेजले जनाएको छ ।

द ब्रिटिस कलेजका अन्तरिम प्रिन्सिपल मेरी विसोपले भनेकी छन्, “युकेमा युडब्लुईको यो सफतालको खबरले हामीलाई खुसी बनाएको छ । गुणस्तीय शिक्षा प्रदान गरेकोमा स्वर्णपदकद्वारा सम्मान पाइसकेको यो विश्वविद्यालयले अर्को उत्कृष्ट सफलता पाउन सफल भएको छ । युडब्लुईले विद्यार्थीको अनुभव र रोजगारीका लागि उत्कृष्ट काम गरेको यसले पुष्टि गर्छ । विश्वविद्यालयले प्राप्त गरेको यो सफलताप्रति मेरो शुभकामना ।”  

Thuprai - Books and E-books