जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाले इडियु सञ्जालले सञ्चालन गरेको ९४ औं इडियु टकमा केन्द्रको विगत, वर्तमान र भावी रणनीतिका विषयमा व्यक्त विचारको सम्पादित अंश ।
जनक शिक्षा सामग्री केन्द्र लिमिटेड नेपाल सरकारको पूर्ण स्वामित्व भएको संस्था हो । यसले कक्षा एक देखि १२ सम्मका पाठ्यपुस्तक उत्पादन र बिक्री वितरण गर्दै आएको छ । साथै शैक्षिक सुरक्षण मुद्रालय पनि केन्द्रको हाताभित्र रहेको छ । यसले शैक्षिक सुरक्षणको काम गर्छ । आन्तरिक राजश्व विभागका स्टिकर छपाउछ । स्वास्थ्य मन्त्रालयका सामग्री लगायत अन्य सामग्री छपाइ गर्दै आएको छ । स्वास्थ्य मन्त्रालयका बाहिरी छपाइ गर्दै आएको छ । सरकारले कक्षा एकदेखि चार सम्म निजी क्षेत्रको छापाखानालाई छाप्न दिएको छ । २०६३–६४ पछि निजी क्षेत्रले पनि छपाइ गर्दै आएको हुनाले यसले निजी क्षेत्रसंग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।
पाठ्यपुस्तक सम्बन्धी विगतमा जुन किसिमको समस्या देखिने गरेको थियो यो वर्ष त्यस्तो समस्या आउँदैन । यो वर्ष समयमा नै विद्यार्थीहरुलाई पाठ्यपुस्तक उपलब्ध गराउँछौं । आगामी शैक्षिक सत्र असारबाट सुरु हुन्छ । तर केन्द्रले जेठ महिना भित्र विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याउछ । यसका लागि हाम्रा प्रदेश कार्यालयका गोदाममा ८० प्रतिशत पाठ्यपुस्तक पुगिसकेका छन् ।
कक्षा ६ को छाप्न बाँकी छ । पाठ्यक्रम विकास केन्द्रबाट छपाइका लागि सामग्री नआएका कारण रोकिएको हो । केन्द्रले सिआरसी पाठउने बितिकै हामी छाप्न सुरु गर्छौं । हामी एक हप्ताभित्र पाठ्यपुस्तक छापि सक्छौं । हामीलाई कक्षा ६ का मात्र करिब २८ लाख पाठ्यपुस्तक छाप्नु छ । कोरोना लगायतका विभिन्न प्राविधिक, अपराधिक कार्यका कारणले गर्दा शिक्षा मन्त्रालय र पाठ्यक्रम विकास केन्द्रबाट ढिलाइ भएका कारण मात्र कक्षा ६ को पाठ्यपुस्तक छाप्न ढिलाइ भएको हो । विषयवस्तु उपलब्ध हुनेबितिकै कक्षा ६ को पाठ्यपुस्तक छाप्छौं । अन्य कक्षाका पनि करिब १०–१२ लाख प्रति पाठ्यपुस्तक छाप्न बाँकी छ । हामी यो चैत्र र वैशाखमा बाँकी रहेका ४० लाख पाठ्यपुस्तक छपाइ गरी समयमा नै पाठ्यपुस्तक सम्बन्धित ठाउँमा पठाउँछौं ।
शिक्षा मन्त्रालयले हरेक वर्ष निर्णय गर्ने परम्परा बनेको छ । राजनीतिक परिवर्तनले शिक्षाका कर्मचारी साटफेर भइरहेन हुँदा कार्य प्रक्रियामा समस्या भएपनि अहिले त्यस्तो नभएकै कारण केन्द्रले यो वर्ष समयमा नै पाठ्यपुस्तक छाप्छ ।
विगतका वर्षहरुमा चालु पुँजीको अभावमा पाठ्यपुस्तक उत्पादनमा रोकावट आयो । केन्द्रले सुरुमा लगानी गरेर आर्थिक वर्षको अन्त्यतिर मात्र लगानी उठ्ने गर्छ । विगत १५ वर्ष अगाडिदेखि केन्द्र घाटामा गयो । सर्बत्र महंगी बढ्यो । अरु क्षेत्रको मूल्या बढ्यो तर पाठ्यपुस्तकको मूल्य एउटै कायम हुँदा समस्या झेल्न पुग्यो । चालु पुँजीको अभावमा समयमा नै पाठ्यपुस्तक छपाइमा समस्या भएको हो । २०७९ सालको मंसिरमा कर्मचारीलाई तलब खुवाउने, पाठ्यपुस्तक छपाइका लागि कागज समेत नभएको अवस्था थियो । त्यसपछि नेपाल सरकारसंग ऋण लिएर चालु पुँजीको व्यवस्था गरी समयमा नै पाठ्यपुस्तक समयमा नै उत्पादन गर्न सक्ने अवस्थामा पुगेको हो ।
एफोर साइजको मेसिन नभएका कारण कक्षा १–३ का पाठ्यपुस्तक छाप्न निजी क्षेत्रलाई प्रदान गरिएको हो । सो मेसिन खरिद गर्ने प्रक्रियामा जान ८ महिनाजति लाग्ने हुनाले अर्को शैक्षिक सत्रमा १–३ का पाठ्यपुस्तक केन्द्रले नै छाप्ने तयारी गरिरहेको छ ।
विगतमा विभिन्न खालका चलखेल हुने गरेका थिए । त्यसलाई हामीले सामना गर्यौं । कुनै समयमा हामी कक्षा १–१० सम्मका पाठ्यपुस्तक छाप्थ्यौं । सरकारले कहिले १–५ निजी क्षेत्रलाई हस्तान्तरण गर्यो कहिले १–८ निजीलाई छाप्न दिइयो । हरेक वर्ष केन्द्रमा अन्योलको वातावरण थियो । मैले त्यही अवस्था पहिलो कार्यकाल बिताएको थिए ।
पछिल्ला चार वर्षमा १–४ मात्र निजी क्षेत्रलाई दिइएको छ । विगतमा भन्दा केन्द्रलाई मन्त्रालयले प्राथमिकता दिएको छ । धेरै छपाइ मेसिन थपिएका छन् । क्षमता बढेको छ । त्यसैले नेपाल सरकार पाठ्यपुस्तक छाप्न सक्षम भएको निष्कर्षमा पुगेर जिम्मेवारी थपेको छ । ए फोर साइजको मेसिन आउने बितिकै हामी आफै १–१२ कै पाठ्यपुस्तक छाप्ने जिम्मेवारी सरकारले दिन्छ भन्नेमा विश्वस्त छु । आगामी वर्ष १–३ वा अन्य तहका पाठ्यपुस्तक छाप्न दिएर बाँकी रहेका पाठ्यपुस्तक आफैं छाप्छौं ।
हामी निर्वाचन आयोगका सामग्री पनि छाप्छौं । अन्यत्रका सामग्री हामी माग गरेको भन्दा छिट्टै उत्पादन गर्छौं । दोस्रो संविधानसभाको निर्वाचनमा आयोगले दिएको समयावधिभन्दा ११ दिन अगाडि नै हामीले मत्रपत्र छापेर दिएका थियौं ।
त्यो समयमा केन्द्रले आफ्ना कर्मचारीलाई दसैंको तलब भत्ता पनि खुवाउन सकेको थिएन । तलब त परै जाओस् । कुनै कर्मचारीले तलब पाएकै थिएनन् । त्यो बेला निर्वाचन आयोगले एड्भान्समा पैसा दिएपछि हामीले स्वतः स्फूर्त रुपमा सबै मिलेर समयभन्दा अगाडि नै छाप्न सफल भएका थियौं ।
विगतमा पुराना मेसिन, रमेटरियल खरिद लगायतका सामग्री खरिद गर्ने पुँजीको अभावका कारण पाठ्यपुस्तक छपाइमा समस्या भएको हो । अन्य क्षेत्रमा समयमा नै छपाइ हुने गरेको थियो ।
मेरो पहिलो कार्यलयमा फागुन महिनामा अर्थमन्त्रालयबाट १८ करोड रुपियाँ ऋण लिएर काम सुरु गर्यो । सो रुपियाँ पाठ्यपुस्तक बिक्रिपछि ब्याज २३ लाख सहित जेठ महिनामा फिर्ता गरेको थियो । सोही अनुरुप हामीले दोस्रो पटक पनि ऋण माग्यौं । अर्थमन्त्रालयले समयमा ऋण दिएन । त्यसैले समयमा पुस्तक छाप्न सकेनौं । आर्थिक अभावकै कारण समयमा पाठ्यपुस्तक उत्पादन गर्न नसकिएको हो ।
पछिल्लो समय केन्द्रको अवस्था परिवर्तन भएको छ । सरकारको सकारात्मक सहयोगमा २० वटा मेसिन जोड्न सफल भएको छ । पछिल्लो चार वर्षमा छपाइ मेसिन, कटिङ केसिन लगायतका मेसिन किनिएका छन् । अब विद्यालयका पाठ्यपुस्तक उत्पादन गर्न समय लाग्दैन ।
भावी योजना
छपाइ मेसिन नयाँ आएका छन् । ३०–३५ वर्ष पुराना व्याडिङ मेसिन छन् । ती पुराना छन् । छपाइ गरेको सामग्रीलाई राम्रो व्याडिङ गर्न व्यान्डङ मेसिन खरिद गर्ने, सातैवटा प्रदेशमा प्रादेसिक कार्यालय तथा गोदामको स्तरोन्नति गर्ने, नेपालगञ्जमा प्रेस सञ्चालन गर्नका लागि भवन तयारी अवस्थामा छ । त्यहाँ छपाइ मेसिन राखेर, नयाँ मेसिन खरिद गरेर त्यहाँबाट छपाइ गर्ने, र त्यहाँबाट तीन प्रदेशलाई सम्बोधन गर्ने गरी व्यस्थापन गर्ने योजना छ । पूर्वको विराटनगरमा विल्डिङ बनाइ त्यहीँबाट छपाइ गर्ने । सानोठिमीको सेक्युरेटी प्रिन्टिङ मेसिनलाई विकास र विस्तार गरी देशका लागि आवश्कय सबै सामग्री छपाइ गरी देशको अर्बौं रुपियाँ विदेशिनबाट जोगाउने योजना छ । यी सबै काम गरी केन्द्रलाई ऋण मुक्त गरी मुनाफा कमाउने कम्पनी बनाउने योजना रहेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र अर्थमन्त्रालयको पचास पचास प्रतिशत शेयर रहेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड रु. १८९ करोड घाटामा पुगेको छ ।आर्थिक वर्ष २०६३ देखि ०७६ सालसम्ममा केन्द्र निरन्तर घाटामा गएको हो । चालु पुँजी परिपुर्तिका लागि बैंक, वित्तीय संस्थाको ऋण रु. ११३ करोड र नेपाल सरकारको रु. १३९ करोड रुपियाँ ऋण केन्द्रलाई अहिले सम्म लागेको छ । केन्द्रले उक्त ऋणको वाािर्षक ब्याज मात्र रु. १७ करोड तिर्दै आएको छ । केन्द्रले साझा प्रकाशनबाट रु. ८ करोड १६ लाख, अन्य छपाइका विभिन्न निकायबाट उठ्न बाँकी रु. २ करोड र आन्तरिक राजस्व विभागबाट स्टिकर छपाइबापतको रु . ३ करोड ६४ लाख जम्मा रु. १३ करोड ८० लाख रकम उठ्न बाँकी रहेको छ । केन्द्रले चालु शैक्षिक सत्रमा रु १ करोड ६३ लाख थान पाठ्यपुस्कत बिक्रीबाट रु. १४२ करोड, अन्य बाहिरी छपाइबाट रु. १६ करोड गरी जम्मा रु. १५८ करोड आम्दानी गरेको छ । |
अन्त्यमा,
केन्द्रसंग सम्बन्धित सरोकारवाला निकायलाई विगत १०–१२ वर्ष अगाडि सुनेका भोगेका सबै कुरालाई त्यागेर विगत आठवर्ष यता केन्द्रलाई सबल र सक्षम छपाइ केन्द्रका रुपमा विकास गरिसकेका छौं । हामी शैक्षिक सत्र आरम्भ हुनु पूर्वनै सबै विद्यार्थीका लागि आवश्यक पाठ्यपुस्तक सम्बन्धित निकायमा पुर्याउने प्रतिवद्धता व्यक्त गर्दछु ।