After SEE Portal

क्याम्पसलाई पुस्तक प्रदान

Bridge Course

सप्तरी, १३ मङ्सिर (रासस)ः महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसलाई आज पुस्तकलगायत सामग्री प्रदान गर्नुभएको छ । 

खरेलले आफूले ४० वर्षअघि अध्ययन गरेको सो क्याम्पसलाई रु ५० हजारको पुस्तक, गलैँचा, ल्यापटप, दराज र सोफासेट हस्तान्तरण गर्दै बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुकका नागरिकलाई समृद्ध बनाउन सबै मिलेर जानुपर्ने बताउनुभयो । उहाँले उक्त क्याम्पसमा २०३५ सालमा कानून विषयमा प्रवीणता प्रमाणपत्र तह अध्ययन गर्नुभएको हो । 

सो अवसरमा क्याम्पस प्रमुख डा सर्वेशचन्द्र मिश्र, क्याम्पसका विभिन्न सङ्कायका प्रमुख, सहायक क्याम्पस प्रमुख र विद्यार्थीले कानूनमा स्नातकोत्तर तहको कक्षा सञ्चालनका साथै राजर्षि जनक विश्वविद्यालयमा गाभ्ने ऐन संशोधन गरी त्रिभुवन विश्वविद्यालयकै आङ्गिक क्याम्पसमा यथावत् राख्न माग गर्नुभएको थियो । 

A Levels MA
Thuprai - Books and E-books