Bachelors Portal

शिक्षाविद् स्व गभ्मीरमान मास्केको पुस्तक तीन भाषामा प्रकाशित

Managed Admission 2022

पुरानो पाठ्यक्रमअनुसार कक्षा १० मा अध्ययन गर्ने जो कोही विद्यार्थीले अङ्ग्रेजी भाषाको पाठ्यक्रममा एउटा पाठ पढ्नुपर्छ, त्यो हो ‘अ पेन फ्रेण्ड टु गम्भीर मान’ ।

यो पाठ पढ्ने विश्वनिकेतन माविका छात्रछात्रा मात्र नभई देशभरिका विद्यार्थीले चिनिएको नाम हो– ‘गभ्मीरमान मास्के’ । यो पाठ वरिष्ठ शिक्षाविद् गम्भीरमानलाई सम्झँदै त्रिभुवन विश्वविद्यालयका उपकुलपति केदारभक्त माथेमाले लेख्नुभएको पाठ हो । यो नै पाठका नायक नेपाली शिक्षा क्षेत्रका अग्रणी व्यक्तित्व वरिष्ठ शिक्षाविद् स्व मास्केद्वारा लिखित ‘न्हि–म्हगसय् वइम्ह’ नामक पुस्तक तीन वटा भाषामा अनुवाद भएको छ ।

नेपाल भाषामा लिखित ‘न्हि–म्हगसय् वइम्ह’ पुस्तक नेपाली भाषामा ‘दिवा स्वप्नमा आउने’ तथा ‘दि लिन्जेरिङ्ग इमेज अफ माई डेड्रिम’ आज एक समारोहमा विश्वनिकेतन माविमा यहाँ विमोचन भयो । स्व मास्केले आफ्नी श्रीमती गङ्गाको सम्झनामा यो आत्मवृत्तान्त पुस्तक लेख्नुभएको थियो ।

सो पुस्तक भाषाविद् तथा शिक्षाविद् तेजरत्न कंशाकारले नेपाली भाषाबाट अङ्ग्रेजी भाषामा अनुवाद गर्नुभएको हो । कूल ३५ वर्ष शिक्षण सेवामा बिताउनुभएका स्व मास्केले २८ वर्ष प्रधानाध्यापक भई सेवा गर्नुभएको थियो । नेपाल भाषाका अतिरिक्त उहाँ नेपाली, अङ्ग्रेजी, हिन्दी भाषाका ज्ञाता हुनुहुन्थ्यो ।

सो अवसरमा भाषाविद् तेजरत्न कंशाकारले नेपालको शिक्षा क्षेत्रमा स्व मास्केले दिनुभएको योगदान अतुलनीय रहेको बताउँदै दशकौँसम्म विद्यार्थीमाझ ‘गम्भीरमान सर’को नामबाट पुकारिएको जानकारी दिनुभयो ।

पूर्वप्रधानाध्यापक सत्यनारायण राजभण्डारीले स्व गम्भीरमान मास्केले विश्वनिकेतन माविलाई यो अवस्थामा पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको स्मरण गर्दै विश्व निकेतन माविलाई उच्च गुणस्तरीय शिक्षा दिन शिक्षाविद् मास्केको अथक योगदान बिर्सन नसकिने बताउनुभयो ।

पूर्वराजदूत एवं त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाले शिक्षाविद् मास्केलाई सम्झेर आफूले कक्षा १० मा रहेको अङ्ग्रेजी पाठ्यपुस्तकमा ‘अ पेन फ्रेण्ड टु गम्भीरमान’ शीर्षकको पाठ लेखेको जानकारी दिनुभयो । विश्व निकेतनको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल श्रेष्ठ तथा प्रधानाध्यापक हेरम्बराज कँडेलले विश्व निकेतन मावि सरकारी विद्यालय भएर पनि उच्च गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको जानकारी दिनुभयो ।

स्थापनाकालदेखि नै उच्च गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको विश्व निकेतन माविको उत्पादनका रुपमा केदारभक्त माथेमा, डा रामशरण महत, विद्यासुन्दर शाक्य, स्व कलाकार श्रीकृष्ण श्रेष्ठ, नलिना चित्रकार र डा अरुण सायमी हुन् ।

Select college / campus