After SEE Portal

भीमदत्त नगरपालिकाले बहुप्रादेशिक शिक्षालय सञ्चालन गर्ने अनुममित पायो

Bridge Course

भीमदत्त नगरपालिकाले आगामी शैक्षिक सत्रदेखि महेन्द्रनगरमा बहुप्रादेशिक शिक्षालय सञ्चालन गर्ने भएको छ । महाकाली बहुप्राविधिक शिक्षालयलाई विभिन्न सात विषयमा कक्षा सञ्चालन गर्न प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) ले अनुमति दिएपछि शिक्षालय स्थापना हुने भएको हो ।

प्रमाणपत्र तहका नर्सिङ, समान्य चिकित्सा, मेडिकल ल्याब टेक्नोलोजी, डेण्टल साइन्स, रेडियो डाइग्नोजिष्टक, अप्थाल्मिक साइन्स र डिप्लोमा ईन फार्मेसीका कक्षा सञ्चालनको अनुमति पाएको शिक्षा शाखाका अधिकृत हरिदत्त जोशीले जानकारी दिए ।

सीटीईभीटीको गत २६ कात्तिकमा बसेको परिषद्को बैठकले भीमदत्त नगरपालिका र महाकाली अस्पतालको साझेदारीमा कार्यक्रम सञ्चालन गर्न बहुप्राविधिक शिक्षालयलाई डिप्लोमा तहका शैक्षिक कार्यक्रम सञ्चालनका लागि सम्बन्धन दिने निर्णय गरेको थियो ।

अधिकृत जोशीका अनुसार हरेक विषयमा ४० जना विद्यार्थीको कोटा निर्धारण गरी वार्षिक २८० प्राविधिक जनशक्ति उत्पादन गरी सुदुरपश्चिमको आवश्यकता अनुसार जनशक्ति उत्पादन गर्ने लक्ष्य नगरपालिकाको छ ।

स्थानीय तहमा प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले महाकाली अस्पतालको साझेदारीमा सो शिक्षालय स्थापना गरिने भएको हो । स्थानीय तहसंगको साझेदारीमा कक्षा सञ्चालनका लागि सीटीईभीटीले भीमदत्त नगरपालिकालाई चालु शैक्षिक सत्र २०७७÷७८ बाट कक्षा सञ्चालनका लागि अनुमति दिएको हो ।

प्राविधिक शिक्षालय सञ्चालनका लागि नगरपालिकाले मन्त्रालयका तर्फबाट हिजोमात्र अनुमति पत्र पाएको नगर प्रमुख सुरेन्द्र विष्टले जानकारी दिए । ‘समयसापेक्ष शिक्षाको मागअनुरुप गुणस्तरीय शिक्षा प्रदान गर्ने नगरपालिकाको पहिलो संकल्प हो ।’ प्रमुख विष्टले भने, ‘ भौतिक पूर्वाधार तथा जनशक्तिको व्यवस्थापन गरी आगामी शैक्षिक सत्रदेखि प्राविधिक शिक्षा स्थानीय तहबाटै प्रदान गरिने छ ।’

A Levels MA
Thuprai - Books and E-books