After SEE Portal

निजी विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन माग

Bridge Course

भक्तपुर नगरपालिका ले शैक्षिक शत्र २०७८-०७९ को लागि आफ्नो मातहतका विद्यालयहरूमा कक्षा ११ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीहरूको आवेदन माग गरेको छ ।

नगरपालिकाले स्थानीय निजी विद्यालयले प्रदान गर्ने १० प्रतिशतलाई सय प्रतिशत मानी सोको ३३ प्रतिशत नगरपालिकाको सिफारिसमा छनोट हुने हुनाले इच्छुक विदार्थीले भदौ १५ गते भित्र आवेदन दिन सूचित गरेको हो ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले गरेको व्यवस्थाबमोजिम  छात्रवृत्तिमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूले नगर शिक्षा शाखामा दिन सूचित गरेको छ ।  छात्रवृत्ति व्यवस्थापनसम्बन्धी सम्पूर्ण प्रक्रिया संस्थागत विद्यालय छात्रवृत्ति वितरण कार्यविधि २०७४ बमोजिम गरिने नगरपालिकाले जानकारी दियो ।

नगरपालिकाले छात्रवृत्तिका लागि १५ गते सम्म रु १२५ तिर दरखास्त दिनु पर्ने र दोब्बर दस्तुर तिरी १८ गते सम्म आवेदन बुझाउने पर्ने नगरपालिकाको सूचनामा उल्लेख गरिएको छ । नगरपालिकाले द्धात्रवृत्तिका लागि छनोट परीक्षा भदौ १९ गते शनिबार सञ्चालन गर्ने जानकारी दियो ।

A Levels MA
Thuprai - Books and E-books