After SEE Portal

भक्तपुर नगरपालिकाले शैक्षिक कर्जा लिन इच्छुकबाट आवेदन माग

Bridge Course

भक्तपुर नगरपालिकाले यस वर्षका लागि शैक्षिक कर्जा लिन इच्छुकलाई १५ दिन भित्र आवेदन दिन माग गरेको छ । नगरपालिकाले शैक्षिक प्रमाणपत्र धितो राखी उच्च शिक्षा अध्ययनका लागि सहुलियत कर्जा लिनका लागि आवेदन माग गरेको हो ।

नगरपालिकाका अनुसार गत वर्ष दुई चरणमा करिब दुई सय विद्यार्थीलाई शैक्षिक ऋण प्रदान गरेको नगरपालिकाले यो वर्षका लागि सहुलियत कर्जा प्रदान गर्न आवेदन माग गरेको हो ।

गत वर्ष इन्जिनियरिङ्ग, एमविवीएस पढ्नेका लागि समेत ऋण माग भएको नगरपालिकाले जानकारी दियो ।  शैक्षिक ऋण भक्तपुर नगरका स्थायीवासीले मात्र पाउने नगरपालिकाको कर्जा प्रवाह कार्यविधिमा उल्लेख गरिएको छ । कार्यक्रम अन्तर्गत नगरपालिकाले १ विद्यार्थीका लागि ५ लाखसम्म कर्जा प्रदान गर्दै आएको छ । नगरपालिकाले शैक्षिक ऋणका लागि यस वर्ष ५ करोड रुपैयाँ विनियोजन गरेको जनाएको छ। 

शैक्षिक ऋण ३ किस्तामा प्रदान गर्दै आएको छ । ऋणको वार्षिक व्याजदर ६ प्रतिशत रहेको छ। शैक्षिक ऋण लिएको १ वर्षमा २५ प्रतिशत, २ वर्षमा ५० प्रतिशत, ३ वर्षमा ७५ प्रतिशत र ४ वर्षमा शतप्रतिशत तिर्नुपर्ने नगरपालिकाको कर्जा प्रवाहमा व्यवस्था गरिएको छ। 

A Levels MA
Thuprai - Books and E-books